पर्यटन प्रवद्र्धनका लागि रेडियोको घुम्ती बैठक पित्लेकमा

0
196
Google search engine

कला राना
फागुन ४, वालिङ ।

Google search engine

स्थानीय पर्यटनको प्रवद्र्धनकालागि आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो आँधीखोलाको घुम्ती बैठक सहितको वनभोज वालिङ ५ को पर्यटकीय स्थल पित्लेकमा शुक्रबार सम्पन्न भएको छ । संस्थाको १८औँ वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको तयारीकालागि पर्यटकीय स्थल पित्लेक सामुदायिक घरबास (होमस्टे) ेमा घुम्ती बैठक गरिएको हो । फागुन २६ गते अठारौं वार्षिक साधारण सभा तथा अधिवेशनको तयारीकालागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताउनुभयो ।

यहाँका स्थानीय पर्यटकीय संभावनाले भरिएको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले घुम्ती बैठक पित्लेकमा सम्पन्न भएको भन्दै अध्यक्ष पाण्डेले बताउनुभयो । “वालिङ तथा समग्र स्याङ्जा पर्यटकीय संभावनाले भरिपूर्ण ठाउँ हो, यहाँका ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचार प्रसारकालागि रेडियोले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ” उहाँले भन्नुभयो, “आगामी दिनमा पनि नगरभित्र तथा स्याङ्जाका विभिन्न धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रहरुमा पुगेर त्यहाँका संभावनाहरुको खोजी गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रकोरुपमा विकास गर्न सहयोग गर्नेछौं ।”
रेडियो सञ्चालक सदस्य तथा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले कलमको माध्यमबाट पर्यटनको उजागर गर्दै आएको सञ्चार माध्यमले घुम्ती बैठक पर्यटकीय स्थलमा गर्दा यसले झनै सकरात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।

पित्लेक अर्गानीक फार्म हाउसका सञ्चालक तथा पित्लेक सामुदायिक घरबास (होमस्टे) का अध्यक्ष भुपेन गुरुङले सञ्चारको टिम नै पित्लेकमा आउँदा निकै खुसी लागेको भन्दै यसले यहाँको प्रचारप्रसारलाई थप टेवा पुग्ने बताउनुभयो ।
बैठकले साधारणसभा सम्पन्न गर्नकालागि प्रचारप्रसार, व्यवस्थापन, अतिथि सत्कार, मायाको चिनो ब्यवस्थापनकालागि विभिन्न उपसमितिहरु गठन गरेको रेडियोका प्रबन्धक तोलाकान्त बगालेले बताउनुभयो । कार्यक्रममा संस्थाका सञ्चालक समिति सहित कर्मचारीको सहभागिता रहेको थियो ।

Google search engine