महोत्सवका स्टल व्यापारीसंँग नगरपालिकाको चियापान

0
48
Google search engine

मणिप्रसाद अर्याल
वालिङ, २५ माघ ।
वालिङ नगरपालिकाले आठौँ वालिङ महोत्सवमा व्यापार व्यवसाय गरिरहेका व्यापारीहरुसंँग चियापान तथा अन्र्तक्रिया गरेको छ । यही माघ १८ गतेबाट शुरु भएको आठौँ महोत्सवको आयोजकको रुपमा रहेको नगरपालिकाले बुधबार महोत्सव स्थलमै पुगेर चियापान तथा अन्र्तक्रिया गरेको हो । कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांँणले वालिङ नगरपालिका पनि महोत्सवको आयोजक रहेको भन्दै महोत्सव सफल बनाउन नगरपालिका तथा सिंगो वालिङ लागिपरेको बताउनुभयो ।
बाहिर आएका हल्ला अनावश्यक रहेको भन्दै वालिङ महोत्सवले वालिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत गरेको बताउँदै बाहिरबाट आउनुभएका व्यावसायीलाई स्वागत गर्दै नगरपालिका साथमा रहेको प्रमुख खाँंणले बताउनुभयो । नगर प्रमुख खांँणले भन्नुभयो, “बाहिर आएका हल्लाको कुनै तुक छैन । वालिङ महोत्सव हामी सबैको पर्व तथा साझा मञ्च हो । महोत्सवलाई सफल पार्न यहाँको स्थानीय सरकार सहित आम सर्वसाधरण उत्तिकै लागिरहनुभएको देखिएको छ । महोत्सवको सातौँ दिनआईपुग्दा जनसहभागिता बढ्दो छ । महोत्सवले विगतदेखि वालिङको पहिचान बनाउन टेवा पु¥याउँदै आएको छ बनाएको छ ।”
कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँंणले महोत्सव सफलतातर्फ उन्मुख भएको भन्दै महोत्सवमा सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “महोत्सवलाई व्यवस्थित गर्न सुरक्षा महत्वपूर्ण पक्ष हो, धेरै जनसागर सहभागी हुने कार्यक्रममा सुरक्षा बलियो बनाउनुपर्छ ।”

Google search engine

साथै कुनै पनि कदम चाल्दा तथा कुनै कार्य सम्पन्न गर्दा केही सकरात्मक र केही नकरात्मक दुवै आउने भन्दै त्यस्ता दुवै पक्षलाई समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा महोत्सवमा व्यापार गर्दै अएका व्यापारीहरुले मौसम प्रतिकुलताका कारण दुई महोत्सव उद्दघाटन र भोलिपल्ट व्यापार नभएको गुनासो गर्दै थप दुई दिन महोत्सव लम्ब्याउन आग्रह गरेका थिए । साथै उनीहरुले स्टल धेरै भएको र व्यापार कम भएको गुनासो समेत गरेका थिए ।

Google search engine