तोलाकान्त बगाले
वालिङ १६ पुस ।
नेपाली काँग्रेस स्याङ्जाको आयोजनामा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पार्टी कार्यालय स्याङ्जामा मनाईएको छ । कार्यक्रममा बोल्नुहुँदै नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति तथा सांसद कल्पना तिवारीले विपीको विचार, सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुहुँदै कार्यान्वयनमा जोड दिनुभयो । नेता तथा कार्यकर्ताहरुले बिपीले ४८ वर्षअघि मेलमिलापको नीति लिएर स्वदेश आएको दिनलाई सम्झदै यसको कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पार्टी उपसभापति मेखलाल श्रेष्ठ, पूर्व सांसद शंकरप्रसाद पाण्डे, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, प्रजातन्त्र सेनानी तारापति सुवेदी, काँग्रेस गण्डकी प्रदेश सदस्य धु्रवप्रसाद शर्मा पंगेनी, महासमिति सदस्य भरतप्रसाद लम्साल, महाधिवेशन प्रतिनिधि धनकुमारी थापा, प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेश संयोजक जीवलाल काफ्ले, पार्टीका जिल्ला सदस्य इन्दिरा केसी, स्वतन्त्र सेनानी शालिकराम न्यौपाने, भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्य, नेपाली काँग्रेस आँधीखोला गाँउपालिका सभापति नरेन्द्रराज पौडेल, मुस्लिम समाजका अलि मिया, तरुण दलका जिल्ला उपाध्यक्ष रविन केसीलगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस स्याङ्जाका सभाापति एवं प्रतिनिधिसभा सदस्य राजु थापाको सभपातित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति केदार काफ्ले र सञ्चालन सचिव दामोदर लम्साल र सहसचिव धु्रवबन्धु पौडेलले गर्नुभएको थियो ।