नेपाल आदर्श बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो अधिवेशन सम्पन्न

0
108
Google search engine

वालिङ, १५ पुस ।
नेपाल आदर्श बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वालिङ ८ को पाँचौँ साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । नेपाल आदर्श क्याम्पसमा सम्पन्न साधारण सभा तथा अधिवेशनको उद्दघाटन वालिङ वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीले गर्नुभएको हो । कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष तिवारीले सहकारीले यहाँ छरिएर रहेका पुँजीहरुलाई एकीकृत गरी सदस्यहरुको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयका सञ्चालक समिति अध्यक्ष शंकर डुम्रे, विद्यालयका संरक्षक धु्रवप्रसाद शर्मा पंगेनी, विद्यालयका निर्देशक दीपक लम्साल, प्रधानाध्यापक तथा क्याम्पस प्रमुख होमकान्त गौतम लगायतले बोल्नुभएको थियो ।
साधारणसभाले अध्यक्ष बालकृष्ण सुवेदी, सचिव विष्णुप्रसाद अर्याल, ऋण उपसमिति संयोजक चक्रबन्धु रेग्मी, कोषाध्यक्ष शिवहरि न्यौपाने, लेखा संयोजक जोगराज पाठक र प्रबन्धक दामोदर डुम्रेको प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा मासिक वचतकर्ता खेमबहादुर थापा, नियमित वचततर्फ प्रकाश अर्याल र कर्मचारीहरुलाई प्रशंसा पत्रले सम्मान गरेको छ ।
यसैबीच दोस्रो अधिवेशनले पुनः बालकृष्ण सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ । निर्वाचित समितिको उपाध्यक्षमा डोलराज सुवेदी, सचिवमा बासुदेव अधिकारी, कोषाध्यक्षमा कमलप्रसाद खनाल रहनुभएको छ । सदस्यहरुमा जनताप्रसाद काफ्ले, कमला सेन, विष्णुकुमारी मल्ल, सञ्जु दोरंगा, गोपाल अर्याल, हुमनाथ पौडेल, जीवलाल काफ्ले रहनुभएको छ । त्यस्तै लेखा समिति संयोजकमा जोगराज पाठक, सदस्यमा प्रकाश अर्याल र उमती गुरुङ रहनुभएको छ ।

Google search engine
Google search engine