तोलाकान्त बगाले
वालिङ १६ पुस ।
नेपाली कांगे्रस जिल्ला कार्यसमितिले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जिल्लामा क्रियाशील सञ्चार गृह तथा पत्रकारहरुलाई सम्मान गरेको छ । जिल्लाको सञ्चार क्षेत्रमा योगदान पु¥याएको भन्दै नेपाली काँग्रेस स्याङ्जाले दुई सञ्चार गृह र दुई पत्रकारलाई सम्मान पत्र प्रदान गरेको हो ।
सम्मानित हुनेहरुमा स्याङ्जा जिल्लाको पहिलो आवाजकोरुपमा स्थापित रेडियो आँधीखोला, धनुष नेटवर्क प्रालिद्वारा सञ्चालित हेर्नेकुरा डटकम, प्रेस युनियन स्याङ्जाका कोषाध्यक्ष हिमाल न्यौपाने र सदस्य युवराज पौडेललाई सम्मान गरेको हो ।
नेपाली कांँगे्रस गण्डकी प्रदेशका उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले सञ्चार गृह तथा पत्रकारहरुलाई सम्मान प्रत्र प्रदान गर्नुभएको थियो । रेडियो आँधीखोलाकातर्फबाट अध्यक्ष नेत्रप्रसाद पाण्डे र प्रबन्धक तोलाकान्त बगालेले सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।