वालिङ, १३ पौष ।
नेपाल तरुणदल वालिङ नगरसमितिले युवाहरुलाई रोजगारीमा जोड्न माग गरेको छ । तरुण दल वालिङ नगर समितिका अध्यक्ष आशिषप्रताप खांँण सहितको युवाहरुको टोलीले नेपाली कांँगे्रस क्षेत्रीय कार्यसमिति, स्याङजा क्षेत्र नं २ क, क्षेत्रीय कार्यसमिति, र जिल्ला कार्यसमितिलाई बोधार्थ उल्लेख गरिएको ध्यानाकर्षणपत्र नेपाली कांँगे्रसका वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेलाई बुझाएको हो ।
पछिल्लो समय युवाहरुमा बढ्दै गएको बेरोजगारीप्रतिको निराशालाई दृष्टिगत गरी देशमै रोजगारी सिर्जना गर्न नेपाली कांगे्रसले नेतृत्व गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै नेपाली काँंगे्रसका युवाहरु तथा आम युवाहरुलाई स्थानीय विकास निर्माणका कामहरुमा प्रत्यक्ष सहभागी गराएरै भएपनि तत्कालिन समस्यालाई समाधान गर्दै युवाहरुलाई समाज परिवर्तनमा लगाउँछौँ भन्ने निर्वाचनमा गरेका वाचाहरु निर्वाचित जनप्रतिनिधिहरुले भुल्न नहुने भन्दै तरुण दलले ध्यानाकर्षण गराएको हो ।
निर्वाचन पश्चात जनप्रतिनिधि मात्र नभई पार्टी नेतृत्वले समेत युवाहरुको समस्यालाई उपेक्षा गर्दै आएको भन्ने गुनासो युवाहरुको रहेको भन्दै यस विषयमा गम्भीर बन्न तरुण दलले ध्यानाकर्षण पत्र मार्फत उल्लेख गरेको छ । युवाहरुमा विद्यमान निराशासहित बेरोजगारीको विषय अत्यन्तै गहन र भावुक भो भन्ने तरुण दलले महशुस गरेकाले नेपाली काँंगे्रस वालिङ नगर समितिका सभापतिमार्फत क्षेत्र, जिल्ला, प्रदेश केन्द्रसम्म नै पार्टीप्रति जनप्रतिनिधिको साथै अन्य सरोकारवालाहरुसंँगको बैठक आव्हान गरी यस विषयमा जिम्मेवारीपूर्वक सम्बोधन होस् भन्ने माग समेत तरुण दलले गरेको छ ।