प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

0
124
Google search engine

तोलाकान्त बगाले
वालिङ ७ पुस ।
स्याङ्जाको वालिङमा प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । वालिङ १० बैंडीस्थित औद्योगिक ग्राममा गत बुधबारदेखि शुरु भएको प्रतियोगिता शनिबार समापन भएको हो । प्रतियोगिताको समापन गर्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले नगरको खेलकुदको विकासकालागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले वालिङमा खेलकुदका गतिविधिहरुलाई निरन्तरता दिंदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरी वालिङको पहिचान बढाउँदै लैजाने बताउनुभयो । खेल क्षेत्रको किवासकालागि सरोकारवाला पक्षहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्न नगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।
समापन समारोहमा उपप्रमुख कविता तिवारी गैह«ेले खेलकुदका माध्यमबाट वालिङलाई चिनाउने गरी लाग्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, नेपाली कांग्रेस वालिङ नगर सभापति एवं रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, नेकपा एमालेकातर्फबाट मोहन खनालले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिताका संयोजक दीपेन्द्र खाँणको सभापतित्वमा सम्पन्न भएको समापन समारोहको सञ्चालन पूर्णामृत भवानी माविका सहायक प्रधानाध्यापक दीपक लम्सालले र धन्यवाद ज्ञापन वडा नंं ११ का वडा अध्यक्ष डण्डापानी पंगेनीले गर्नुभएको थियो । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा वालिङ नगरभित्रका सामुदायिक र संस्थागत गरी २६ विद्यालयहरु सहभागी थिए । नगरपालिकाको आयोजना र पूर्णामृत भवानी माध्यमिक विद्यालयको ब्यवस्थापनमा भएको प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डीलगायतका खेलहरु समावेश थिए ।
प्रतियोगितामा पूर्णामृत भवानी मावि कूल १३ पदक प्राप्त गरी प्रथम भएको छ । लक्ष्मी मावि बोधिभञ्ज्याङ कूल १३ पदक प्राप्त गरी द्वितीय, बालविद्या मावि १० पदक प्राप्त गरी तृतीय भएको छ । त्यस्तै महेन्द्र मावि जगत सान्त्वना भएको छ ।

Google search engine
Google search engine