वालिङमा प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता

0
92
Google search engine

वालिङ, ४ पौष ।
स्याङ्जाको वालिङमा प्रथम राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । वालिङ १० बैंडीस्थित औद्योगिक ग्राममा नगरभित्रका माध्यमिक विद्यालयहरुको सहभागितामा शुरु भएको प्रतियोगिता पुस ६ गते शुक्रबारसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताको वालिङ नगर प्रमुख कृष्ण खाँणले उद्घाटन गर्नुभएको हो ।

Google search engine

उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुख खाँणले विद्यालयस्तरबाट विद्यार्थीलाई खेल क्षेत्रमा सहभागी बनाउँदै लैजान सकेमात्रै भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताउनुभयो । नगर प्रमुख खाँणले बालबालिकाहरुलाई सानैदेखि पढाईसँगै उनीहरुको रुचि अनुसारको खेलकुदमा सहभागी बनाउनुपर्नेमा जोड दिनुभयो ।
वालिङ नगरपालिकाले जसरी अरु क्षेत्रलाई महत्व दिएको छ त्यसैगरी खेलकुदलाई पनि अझ महत्वपूर्णरुपमा हेरेकोे र स्पष्ट नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैहे«ले गतवर्ष वालिङमा राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालन गरेको उल्लेख गर्दै प्रतियोगितात्मक कार्यक्रमहरुलाई निरन्तरता दिइने बताउनुभयो । स्मार्टसिटीको कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्र महत्वपूर्ण रहेको भन्दै शैक्षिक गुणस्तरसँगै पोशाकलगायतमा सामुदायिक र निजी विद्यालयका विद्यार्थीमा एकरुपता ल्याउने प्रयासमा नगरपालिका रहेको बताउनुभयो । यसका साथै विद्यार्थीलाई कमाउदै पढ्दै गर्ने कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा पारेकोसमेत उहाँले उल्लेख गर्नुभयो ।
प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयहरु सहभागी छन् । प्रतियोगितामा भलिबल, दौड, एथ्लेटिक्स, कबड्डीलगायतका खेलहरु समावेस गरिएको खेल संयोजक दीपेन्द्र खांँणले जानकारी दिनुभयो ।

प्रतियोगिताको व्यवस्थापन पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ १० ले गरेको छ । खेल संयोजक खाँणको अध्यक्षता भएको समुद्घाटन कार्यक्रममा १० नम्वर वडा अध्यक्ष सुनिल खनालले स्वागत मन्तव्य र सञ्चालन पूर्णामृत भवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दिपक लम्सालले गर्नुभएको थियो ।

Google search engine