स्थानीय मदिरालाई ब्राण्डिङ गर्दै वालिङ

0
128
Google search engine

मणीप्रसाद अर्याल
मंसिर १९, वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । मङ्गलबार बसेको जनप्रतिनिधि, कर्मचारीहरु र विज्ञबीच छलफल भएको हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
उहाँले यसबाट नगरको आर्थिक समृद्धिमा सघाउ पुग्ने विश्वास लिँदै नगरको पहिचान स्थापना समत हुने उल्लेख गर्नुभयो । घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्यले नगरमा करको दायरा वृद्धि हुने र ग्रामीण तहका नागरिकलाई आत्मनिर्भर बन्ने वातावरण हुने स्पष्ट पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने बताउनुभयो । यसबाट १५ सय घरधुरी लाभान्वित हुने उल्लेख गर्दै सीपको विकास नगरको करको दायरा समेत फराकिलो बन्ने जानकारी दिनुभयो । स्थानीय तवरले उपलब्ध आँप, लिची, चिउरी, बेलौती जस्ता फलफूलहरुको उपयोग गरी मदिरा उत्पादन हुँदै आएकामा तिनलाई खेर जान नदिन मदिरा उत्पादन गरिने नगरपालिकाले जनाएको छ ।

Google search engine
Google search engine