वालिङका सबै घरहरुमा नम्बर प्लेट टाँसिने

0
171
Google search engine

तोलाकान्त बगाले
वालिङ, १७ मङ्सिर ।
स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरहरुमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै वालिङमा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम अन्तर्गत घरहरुमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
नगरका चौध वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित उक्त नागरिकको घरसमेत जिपिएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी घरहरुमा नम्बर प्लेट टाँसिएको उहाँले बताउनुभयो ।
“यो कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य स्थितिकाबारेमा नगरपालिका जानकार भईरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीतिहरु तयार गर्न सघाउ पुग्ने देखिन्छ” उहाँले भन्नुभयो, “वडा नं. ३ को माझकोटबाट सुरु भएको यो अभियानलाई एक महिनाको अवधिमा नगरका सबै वडाहरुमा पु¥याउँछौं ।”
सरुवा रोगहरुको प्रकोपको जोखिम न्यूनिकिरण गर्दै रोगहरुकाबारेमा सचेतना फैलाउन यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँको छ । नसर्ने रोगहरुकाबारेमा पनि नागरिकहरुलाई सचेत बनाईने भएको छ ।
नगरपालिकाले चौध वटै वडामा यो अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउनकालागि प्रत्येक वडामा नर्सहरु खटाईसकेको छ । उनीहरुमार्फत नागरिकहरुमा देखिने मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका रोगहरुबारेमा जानकारी दिने र स्वस्थ जीवनशैली कसरी हुन सक्छ भन्ने विषयमा सचेतना जगाउने उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।
“सबैभन्दा ठुलो सम्पत्ति नै स्वास्थ्य हो” उपप्रमुख गैह«ेले भन्नुभयो, “यहाँका नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउनकालागि स्वास्थ्यकर्मीहरुलाई घर घरमै पठाएका छौं, प्रत्येक घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने र विरामीहरुलाई आवश्यक परामर्शहरु प्रदान पनि गर्छौं ।”
विशेष गरी ग्रामीण भेगमा बस्ने नागरिकहरुले नसर्ने रोगकाकारण अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले यो अभियान अगाडि बढाईएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । नगरपालिकाले घर–घरमा नम्बर प्लेट टाँस सँगै घरका सदस्यहरुको स्वास्थ्य अवस्थाको सबै विवरण राख्ने भएकाले पनि सहज हुने विश्वास छ ।

Google search engine
Google search engine