अपाङ्गताका क्षेत्रमा महशुस हुने गरी कार्यान्वयन गर्छौं ः नगर प्रमुख खाँण

0
274
Google search engine

वालिङ
वालिङ नगरपालिका कार्यालयलाई अपाङ्गमैत्री बनाउने प्रतिवद्धता अनुसार काम थाल्ने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाण्डेशनको सहयोगमा स्याङ्जा अपाङ्ग समाज स्याङ्जा स्थानीय साझेदार संस्था रहने गरी वालिङ नगरपालिकामा सञ्चालित स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रमकाबारेमा बोल्नुहुँदै नगर प्रमुख कृष्ण खाँणले पहिलो चरणमा कार्यालयलाई महशुस हुने गरी अपाङ्गमैत्री बनाउने बनाईने बताउनुभयो ।
कार्यालयलाई अपाङ्गमैत्री बनाउने क्रममा अपाङ्गमैत्री ¥याम, टेकटायल मंसिर महिनाको अन्त्यसम्ममा निर्माण गर्ने उहाँले बताउनुभयो ।
बैठकमा स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न सहयोग र सहकार्य गर्ने, नगरपालिका कार्यालय तथा शाखाहरुबाट भएका प्रतिवद्धताहरुको कार्यान्वयनमा जोड दिईने, वडा अध्यक्षहरुसहितको एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटको विश्लेषण गर्दा अपाङ्गताका क्षेत्रमा छुट भएका कार्यक्रमहरुलाई क्रमशः सम्बोधन गर्ने, नगरपालिकाले निर्माण गर्दै गरेको प्रस्तावित स्वास्थ्य नीतिमा समावेश गर्नुपर्ने अपाङ्गता सवालको मस्यौदा पेश गर्न स्याङ्जा अपाङ्ग समाज र राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई अनुमति दिने पनि निर्णय गरेको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष एवं पैरवी समूहका संयोजक राम शर्मा पोखरेलले बताउनुभयो । त्यस्तैगरी ३ डिसेम्बरका दिन मनाईने अन्तर्राष्ट्रिय अपाङ्ग दिवस यसवर्ष वालिङ नगरपालिकाको ब्यवस्थापनमा सामाजिक विकास कार्यालय स्याङ्जामार्फत प्राप्त हुने सहायक सामग्री वितरणसहति विविध कार्यक्रम गरी मनाउने बैठकले निर्णय गरेको कार्यक्रमका फोकल पर्सन युवराज पराजुलीले बताउनुभयो ।

Google search engine
Google search engine