वालिङ, ०८ असोज ।
जिल्ला स्तरीय बीउ विजन अन्र्तक्रिया गोष्ठी तथा समन्वय बैठक वालिङमा सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा र कृषि विकास स्रोत केन्द्र स्याङ्जाको आयोजनामा सोमबार वालिङमा रहेको कृषि विकास श्रोत केन्द्र वालिङमा गोष्ठी गरिएको हो । कार्यक्रममा कृषि निर्देशनालय गण्डकी प्रदेशका कृषि महानिर्देशक बासुदेव रेग्मीले बीउको गुणस्तरियतामा जोड दिन आग्रह गर्दै आयात घटाउँदै निर्यात बढाउनुपर्ने बताउनुभयो । राम्रा जातको बीउ उत्पादनमा जोड दिँदै महानिर्देशक रेग्मीले गुणस्तरीय बीउ उत्पादन गरी यहाँबाट निर्यात बढाउनका लागि जिल्ला र प्रदेशले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख विनोद हमाल, सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्साल, कृषि श्रोत विकास केन्द्रका वालिङ प्रमुख सुदीप रेग्मी, वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्या. यामबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । जिल्लाभरीका बीउ उत्पादक कृषक समूह, सहकारी तथा ब्यवसायिक फर्महरुको सहभागिता रहेको गोष्ठीमा बीउमा एकरुपता ल्याउने विषयमा छलफल हुनुकासाथै मुल्य निर्धारण गरिएको थियो । बीउको मुल्यमा एकरुपता बनाई विभिन्न जातको बीउको बिक्री वितरण सहज तथा व्यवस्थित बनाउने उद्देश्यले अन्र्तक्रियाको आयोजना गरिएको हो ।