वालिङ ५ मा ब्राह्मण समाजको गठन

0
434
Google search engine

वालिङ, २३ भदौ ।
वालिङ नगरपालिका वडा नम्बर ५ मा ब्राह्मण समाजको गठन गरिएको छ । वालिङ ५ का ब्राम्हणहरुको भेलाले ढाकाराम पंगेनीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको हो । समाजको उपाध्यक्ष नारायण रेग्मी, सचिवमा लक्ष्मण रेग्मी, कोषाध्यक्षमा यमुनादेवी लामिछाने रहनुभएको छ भने सदस्यहरुमा चित्रकान्त रेग्मी, दिनकला रेग्मी, डिल्लीराम अधिकारी, राधा पंगेनी, मेघलाल रेग्मी, हुमकान्त लामिछाने, कमल रेग्मी रहनुभएको छ । कार्यक्रममा जिल्ला प्रतिनिधि पार्षदमा नरप्रसाद रेग्मी, भुवनेश्वर लामिछाने, भीमप्रसाद रेग्मी, हुमनाथ लामिछाने, इन्द्रप्रसाद पंगेनी निर्वाचित हुनुभएको छ । कार्यक्रममा नरप्रसाद रेग्मी, ढाकाराम पंगेनी, रामप्रसाद लामिछाने, इन्द्रप्रसाद पंगेनी, नारायणप्रसाद लामिछाने, हुमनाथ लामिछाने, नारायण रेग्मी, रमेश लामिछाने लगायतले सबै जातजातिलाई सम्मान गर्दै ब्राह्मणहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । समाजले ब्राम्हण समुदायको संस्कार संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयमा सहजीकरण गर्नुपर्ने वक्ताहरुले बताउनुभएको थियो । भुवनेश्वर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मण रेग्मीले गर्नुभएको थियो ।

Google search engine
Google search engine