वालिङ, २३ भदौ ।
नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांगे्रसका संस्थापक विश्वेश्वरप्रसाद कोईरालाको ११०औँ जन्म जयन्तीको अवसरमा वालिङ ८ विपीचोकमा विपी विचार गोष्ठी गरिएको छ । विपी विचार समाज जिल्ला कार्यसमिति स्याङ्जाको आयोजनामा शनिबार विचार गोष्ठी गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले समाजवाद हराउँदै जाँदा पार्टीमा गुटको प्रथा भएको भन्दै गुटभन्दा विचारको उत्पादन आवश्यक रहेको बताउनुभयो । विपीको सिद्धान्तलाई आत्मसाथ गर्न सकियो भने मात्रै नेपाली कांगे्रस सशक्त हुने भएकाले विपीले प्रतिपादन गरेका नीति तथा सिद्धान्तलाई अंगाल्नुपर्ने बताउनुभयो । नेपाली कांगे्रस लोकतान्त्रिक पार्टी भएको भन्दै लोकतन्त्रको रक्षार्थ पार्टी एकजुट भएर जनताको सेवामा लाग्नुपर्नेमा अर्यालले जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस जिल्ला कार्यवहाक सभापति केदार काफ्ले, जिल्ला कार्यसमितिका पूर्व कार्यवहाक सभापति मुक्तिप्रसाद सुवेदी, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य धु्रवप्रसाद शर्मा पंगेनी, कांग्रेस स्याङ्जा क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँंण, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्साल, भीरकोट नगर सभापति यामप्रसाद अधिकारी, जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य सरस्वती बगाले, कांग्रेस वालिङ १० का वडा सभापति नेत्रप्रसाद सुवेदी, नेपाल शिक्षक संघ वालिङ नगर अध्यक्ष हिमलाल पंगेनी, नेविसंघका केन्द्रीय सदस्य हेमप्रकाश गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष युक्तबहादुर बोगटीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत होमकान्त गौतमले र सञ्चालन सीता गौडेलले गर्नुभएको थियो ।