प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड शाखा विस्तार

0
197
Google search engine

वालिङ, २२ भदौ ।
प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेड स्टक ब्रोकर नं ३२ ले शुक्रबारदेखि स्याङ्जाको वालिङमा शाखा विस्तार गरेको छ । शाखाको एक समारोहका बीच गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्यालले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य अर्यालले कम्पनीले यस क्षेत्रमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्नुभयो । कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कम्पनीका अध्यक्ष प्रबन्ध निर्देशक रविन्द्रप्रसाद न्हुछें प्रधानले कम्पनीले सेवालाई प्रभावकारी बनाइने बताउनुभयो । कम्पनीका सञ्चालक सन्तोषमान श्रेष्ठले सेवालाई सहज र प्रभावकारी बनाउने लक्ष्यका साथ वालिङमा शाखा विस्तार गरेको बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिका ८ नं वडाका वडाअध्यक्ष दामोदर तिवारी, वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्याल, बैंकर्स क्लब वालिङका अध्यक्ष उज्वल श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कम्पनीका शाखा प्रमुख सूर्य खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा शाखा प्रबन्धक दीपक पौडेलले स्वागत गर्नुभएको थियो ।

Google search engine
Google search engine