तीज पर्वको अवसरमा शुभकामना आदानप्रदान

0
326
Google search engine

पोखरा, १६ भदौ ।
आरुखर्क–पोखरा दिदीबहिनी समूह पोखराले हरितालिका (तीज) को अवसरमा शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले तीज पर्वले विशेष गरी नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक पहिचान ब्यक्त गर्ने पर्व भएको बताउनुभयो । उहाँले तीज पर्व नेपाली महिलाहरुको ईतिहाससँग जोडिएकाले पनि ब्रत, उपवास, उपासना, आरधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै नारी जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास यस पर्वले गर्ने बताउनुभयो । तीज पर्व नेपाली महिलाहरुको मौलिकतासँग जोडिएकोले पनि यसको मौलिकतालाई बचाईराख्नुपर्नेमा जोड दिनुभयो ।

Google search engine

कार्यक्रममा फेदिखोला गाउँपालिका वडा नं ४ का अध्यक्ष ख्यामनारायण पौडेल, पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुली, फेदिखोला गाउँपालिका कार्यपालिका सदस्य पूजा गुरुङ, सम्झना बि.क सुनार, संस्थाका सल्लाहकार मायाकुमारी गुरुङ, जनआदर्श मावि आरुखर्कका अध्यक्ष नारायणप्रसाद पौडेल, स्याङ्जा आरुखर्क पोखरा सम्पर्क समाजका अध्यक्ष यामप्रसाद पौडेल, समाजका संस्थापक अध्यक्ष टिकाराम पौडेल, मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्मा, मानव मिलन संस्था स्याङ्जा आरुखर्कका अध्यक्ष रामचन्द्र पौडेललगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा साविक आरुखर्क गाविसमा जन्म भई पोखरामा बसोबास गर्ने विभिन्न विधामा उत्कृष्टता हासिल गरेका ब्यक्ति र ८० वर्ष पूरा भएका ज्येष्ठ महिलाहरुलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष सावित्री शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका प्रथम उपाध्यक्ष शान्ति केसी, धन्यवाद ज्ञापन द्वितीय उपाध्यक्ष गीता पौडेलले र सञ्चालन सचिव पार्वती पौडेल रेग्मीले गर्नुभएको थियो ।

Google search engine