वालिङमा नापतौलका उपकरणहरुको जाँचपास

0
176
Google search engine

वालिङ ।
वालिङमा नापतौलका उपकरणहरुको जाँचपास गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको आब्हान, समन्वय तथा सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय पोखराबाट खटिएको डोरले भदौ ३ गतेदेखि ६ गतेसम्म ४ दिन वालिङ क्षेत्रका ब्यवसायीहरुको ढक, तराजु लगायत नापतौलको उपकरणहरुको जाँच एवं प्रमाणीकरण गरेको हो ।
ब्यवसायीहरुले ब्यवसाय सञ्चालन गर्दै गर्दा नापतौलका लागि प्रयोग हुने ढक, काँटा, तराजु तथा मिटर जस्ता उपकरणहरु खरिद गरेकोे बिल सहित ३५ दिनभित्र गुणस्तर तथा नापतौल कार्यालयबाट सञ्चालन अनुमति लिनुपर्ने र आवधिक रुपमा त्यसको जाँचपास गराउनुपर्ने साथै डिजिटल काँटा प्रयोग गर्नेले काँटाको क्षमताको १० प्रतिशत ढक सुरक्षित राख्नुपर्ने कानूनी ब्यवस्था रहेको छ । जसबाट नापतौलमा घटबढ नभई ब्यवसायी तथा उपभोक्ता दुवै ठगिंदैनन् ।
डोरको सहजीकरणमा मुख्य भूमिका खेलेको वालिङ उद्योग वाणिज्य संघले यस क्षेत्रका ब्यवसायीहरुलाई सरकारका विभिन्न कार्यालयहरुमा गर्नुपर्ने दर्ता, नवीकरण लगायतका कार्यहरु समयमै गर्ने गराउने र आकस्मिक रुपमा हुने अनुगमनमा जरिवाना लगायतका विभिन्न सजायँहरु भोग्न समेत नपर्ने उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनाराण श्रेष्ठले बताउनुभयो । ढुक्कसँग आफ्नो ब्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना होस् भन्ने कुरामा वाणिज्य संघ सदैव क्रियाशील रहेको र आफ्ना ब्यवसायी सदस्यहरुलाई पनि सुसूचित बनाउनेतर्फ सक्रियरुपमा लागिपरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
यस क्रममा ३०० भन्दा बढी उद्योगी ब्यापारी ब्यवसायीहरुले आफ्ना नापतौलका उपकरणहरुको जाँच एवं प्रमाणीकरण गराएका थिए । यो कार्यक्रमले आँफू सचेत भएर समयमै सबै कागजात दुरुस्त राखेमा जरिवाना सहितको धेरै रकम तिर्नु नपर्ने व्यवसायीलाई ज्ञान समेत दिएको छ ।

Google search engine
Google search engine