तोलाकान्त बगाले
वालिङ
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले राजस्व सङ्कलनमा वृद्धि गर्दै एक करोड सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ७० लाख ८४ हजार राजस्व सङ्कलन गरेको कार्यालयले गत आर्थिक वर्ष २०७९÷०८० मा एक करोड ७२ लाख सङ्कलन गरेको हो । ट्राफिक प्रहरी कार्यालयले सिद्धार्थ राजमार्ग लगायत ग्रामीण ईलाकामा सक्रियता देखाएसँगै राजस्व सङ्कलनमा वृद्धि हुनुकासाथै दुर्घटना न्यूनिकरणसमेत हुँदै गएको कार्यालय प्रमुख प्रवीण आचार्यले बताउनुभयो ।
गत आर्थिक वर्ष २०७९÷०८० मा सबैभन्दा धेरै मोटरसाईकल कारवाहीमा परेका छन् । चार हजार ९२२ मोटरसाईकल कारवाहीमा पर्दा चालीस लाख ४ हजार राजस्व सङ्कलन भएको हो ।
तीन हजार २५४ जीप, कार, एक हजार ६६९ बस, एक हजार ४२९ ट्रयाक्टर, एक हजार ८९ ट्रक, अन्य ७६४ गरी कूल तेह« हजार १२७ सवारी साधन कारवाहीमा पर्दा उक्त राजस्व सङ्कलन भएको हो ।
आर्थिक वर्ष २०७८÷०७९ मा नौ हजार ९१९ सवारी साधन कारवाहीमा पर्दा सत्तरी लाख ८४ हजार राजस्व सङ्कलन भएको थियो । ट्राफिक प्रहरीले मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा चल्ने सवारी साधनका चालक, सहचालक, यात्रु, सवारी धनीलाई लक्षित गरी चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । “सरोकारवालाहरुलाई जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी ट्राफिक नियमकाबारेमा सचेत गरायौं” उहाँले भन्नुभयो, “जसकाकारण सवारी दुर्घटना तथा अकालमै ज्यान गुमाउनेको सङ्ख्या तुलनात्मकरुपमा घटेको छ ।” गत आर्थिक वर्ष २०७९÷०८० मा १८ वटा सडक दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा दश पुरुष, महिला र बच्चा एक÷एक जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा २५ वटा सवारी दुर्घटनामा परी ४० जनाको मृत्यु भएको थियो ।