वालिङ, ६ साउन ।
नेपाल प्रेस युनियन स्याङ्जाको पदस्थापन गरिएको छ । शनिबार वालिङमा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन स्याङ्जाका नवनिर्वाचित समितिको पदस्थापन तथा निर्णय पुस्तिका हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेलले नेपाल प्रेस युनियनको नवनिर्वाचित समितिले समाजका बेथिति र विसंगतिलाई उजागर गराउन सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो । प्रदेश सदस्य डोटेलले समाज परिवर्तनकालागि पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै पत्रकार कसैको पक्ष विपक्षमा नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल प्रेस युनियन गण्डकी प्रदेश लेखा समितिका संयोजक राधाकृष्ण डुम्रेलगायतले नवनिर्वाचित समितिलाई देशमा व्यप्त भ्रष्टाचारको न्यूनिकरणकालागि आफ्नो कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तोलाकान्त बगालेले आफ्नो कार्यकालमा पत्रकारिताको क्षेत्रमा नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले पत्रकारितालाई थप ब्यवस्थित गर्दै समाज रुपान्तरणका पक्षमा अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम निवर्तमान अध्यक्ष प्रदिप कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष गोपिकृष्ण रेग्मीले र सञ्चालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो । नेपाल प्रेस युनियनको पहिलो बैठक समेत सम्पन्न भएको छ । बैठकले निर्वाचन सफलरुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न संघसंस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै विभिन्न निर्णयहरु गरेको छ ।