वालिङ, १६ असार ।
लायन्स क्लब अफ ३२५ एम अन्तर्गत वालिङमा रहेका तीन वटा क्लबको संयुक्तरुपमा Club Chairing & Minute Handover Program गरिएको छ । लायन्स क्लब अफ वालिङ सिटी, लायन्स क्लब अफ वालिङ ग्रिन होम र लियो क्लब अफ वालिङ सिटीले संयुक्तरुपमा उक्त कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्नुहुँदै क्लबका मानार्थ सल्लाहकार एवं वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले लायन्स क्लबमार्फत मेगा कार्यक्रमहरु अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वालिङबाट बसाईसराईको दर बढ्दै जाँदा यहाँका नागरिकलाई यहीँ रोक्नकालागि मेगा कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभएको हो । यहाँको आवश्यकतालाई मध्यनजर गरी विकास निर्माणमा स्थानीय पालिका वा अन्य संघ संस्थाहरुसँग सहकार्य गर्दै फरक र नयाँ सोंचबाट अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा रिजन चियर पर्सन सीताराम अधिकारी, वरिष्ठ सल्लाहकार चेतनारायण श्रेष्ठ, पूर्व रिजन चियर पर्सन कविता भुसाल, यामबहादुर गुरुङ, लायन्स क्लब अफ वालिङ सिटीका पूर्व अध्यक्ष दिपक लम्साल, जोन चियर पर्सन सजना कोईराला कडेल, लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष बिजय कोईराला, लायन्स क्लब अफ वालिङ ग्रिन होमका अध्यक्ष माधव कडेल, लियो क्लब अफ वालिङ सिटीका अध्यक्ष किशोर बस्याल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
लायन्स क्लब अफ ग्रिन होमका अध्यक्ष नितु रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ वालिङ सिटीका सचिव फणिनारायण रेग्मी (दिपक) ले धन्यवाद मन्तब्य लायन्स कृष्ण मल्लले गर्नुभएको थियो ।