विद्यार्थीलाई आधारभूत पत्रकारिता सिकाउँदै वालिङ

0
188
Google search engine

वालिङ, १८ असार ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले विद्यार्थीलाई आधारभूत पत्रकारिता सिकाएको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई पत्रकारिताको आधारभूत ज्ञान दिएको हो ।
नगरपालिकाका भित्रका उच्च माध्यमिक तहबाट २÷२ जना विद्यार्थीको प्रतिनिधित्व हुने गरी आधारभूत ज्ञान दिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो । पत्रकारिताका माध्यमबाट यहाँका नागरिकहरुलाई सुसूचित गराउनुसाथै समाजको यथार्थता बाहिर ल्याउन सकियोस् भन्ने उद्देश्यले दुई दिने आधारभूत ज्ञान दिईएको उहाँले बताउनुभयो ।
“पालिकाले गरेका कामहरु नागरिकहरुसम्म र नागरिकका दुःख पीडा, समस्या पालिकासम्म पु¥याई समाधानको उपाय निकाल्न यसले मद्दत पुग्ने विश्वास हाम्रो छ” उहाँले भन्नुभयो, “पत्रकारिताका माध्यमबाट असल अभ्यास र कमी कमजोरीहरु औंल्याई सही मार्गमा हिड्न प्रेरित गर्ने छ ।”

Google search engine

विद्यार्थीलाई पत्रकारितासम्बन्धी आधारभूत ज्ञान दिएसँगै उनीहरुले आफ्नो गाउँ ठाउँमा भएका विविध विषयहरुलाई समेटेर समाचारहरु लेख्न सक्ने उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।
“समाजमा लुकेर रहेका वा लुकाईएका, संभावना भएर पनि ओझेलमा परेका स्थानहरु, किसानहरुका सफलताका कथाहरुलाई समेटेर समाचारमूलक बुलेटिन निकाल्दैछौं” उहाँले भन्नुभयो, “नगरपालिकाले मासिकरुपमा निकाल्ने बुलेटिनमा यिनै विद्यार्थीले खोजी गरी लेखेका समाचारमूलक विषयहरुलाई प्राथमिकतासहित प्रकाशन गर्ने र पारिश्रमिकसमेत उपलब्ध गराउँछौं ।” यसबाट नगरको अहिलेको अवस्थाकाबारेमा जानकारी लिन सकिने भएकाले पनि उपयोगी रहेको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले सिकेका सीपलाई दैनिक ब्यवहारमा उतार्न सकेमात्रै तालिमको उपलब्धी देखिने बताउनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका प्रमुख सम्पादक शालिक सुबेदीले पत्रकारिता तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकारितामा देखिएका चुनौतिहरुलाई चिर्दै समाजलाई सकारात्मक पाटोतर्फ लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीहरुकातर्फबाट बबिन पाठक र सिम्रन कुँवरले तालिम निक्कै उपलब्धीमूलक रहेको बताउनुभयो । तालिममा वालिङ नगरपालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययनरत ३४ जनाको सहभाागिता रहेको थियो ।

Google search engine