गल्याङ, १ असार ।
स्याङ्जाको गल्याङ नगरपालिकामा उपप्रमुखसँग महिला शिक्षकहरुको अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिहीबार गल्याङ नगरभित्रका विद्यालयबाट प्रदान गरिने शिक्षा गुणस्तरीय र प्रभावकारी बनाउनकालागि उपप्रमुखसँग महिला शिक्षकहरुबीच अन्तरक्रिया एवं अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख गुरुप्रसाद भट्टराईले शिक्षा क्षेत्रको विकास साथै गुणस्तर वृद्धिकालागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने क्रममा नगरपालिका रहेकाले शिक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभयो । उहाँले शिक्षक÷शिक्षिकाकालागि क्षमता अभिवृद्धिसम्बन्धी तालिम तथा प्रशिक्षणकासाथै शैक्षिक सामग्रीहरुको ब्यवस्थापन गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख हेमा न्यौपानेले पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षिकाहरुकाबीचमा असल अभ्यासहरुको आदान प्रदान गर्नकालागि कार्यक्रम गरिएको बताउनुभयो । विशेष गरी शिक्षिकाहरुका सेवा सुविधा तथा सुझाव सङ्कलन गर्दै अनुभवहरुलाई एकापसमा आदान प्रदान गर्दै आगामी दिनमा शिक्षा क्षेत्रको विकासमा सहयोग पु¥याउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय दामोदर शर्मा, शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख केदार आचार्य, गल्याङ नगरपालिका वडा नम्बर १० का पूर्व वडा अध्यक्ष ध्रुबप्रसाद शर्मा पंगेनी, प्रशिक्षक सञ्चारिका समूह पाल्पाका अध्यक्ष विन्दू थापा, भानुभक्त आचार्य माध्यमिक विद्यालयका शिक्षिका इन्दिरा लुईटेल, ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसा भण्डारी, चण्डिका आधारभूत विद्यालयका प्रधानाध्यापक बिष्णुकुमारी श्रेष्ठ, भानुभक्त आचार्य माविकी शिक्षिका बोला पाठक लगायतले शिक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले र सञ्चालन कम्प्यूटर अपरेटर साधना न्यौपाने गर्नुभएको थियो ।