वालिङ ।
शैक्षिक गुणस्तर सुधार गर्नकालागि मनोशिक्षा दिईएको छ । स्याङ्जाको वालिङ ५ नम्बर वडाले वडाभित्रका अभिभावक, विद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई सहभागी गराई शैक्षिक गुणस्तर सुधार गर्नकालागि मनोशिक्षा दिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वालिङ नगर उपप्रमुख कविता तिवारी गैह«ेले शिक्षक, विद्यार्थी, अभिभावकले आ–आफ्नो ठाउँबाट सचेत भई भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वालिङ नगरपालिकाले शिक्षाका क्षेत्रमा प्राथमिकताकासाथ काम गरेको बताउनुहुँदै आगामी दिनमा थप गुणस्तर बृद्धि हुने खालका नीति तथा योजनाहरु बनाउने उल्लेख गर्नुभयो । कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले शैक्षिक गुणस्तरलाई सहयोग पुग्ने गरी आगामी दिनमा नीति तथा कार्यक्रमहरु बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, मनोविद कपिल शर्माले शैक्षिक गुणस्तर बृद्धिकालागि खेल्नुपर्ने भूमिका तथा रणनीतिकाबारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, मनोविद कपिल शर्माले सहजीकरण गर्नुभएको वडा अध्यक्ष छविलाल आलेले बताउनुभयो ।