अपाङ्गता भएकाहरुलाई भाडादर छुट गर्न यातायात ब्यवसायी प्रतिवद्ध

0
328
Google search engine

वालिङ
अपाङ्गता भएका ब्यक्तिहरुलाई भाडादर छुट गर्न यातायात ब्यवसायीहरु प्रतिवद्ध भएका छन् । वडा प्रहरी कार्यालय वालिङ, ट्राफिक प्रहरी पोष्ट, द एशिया फाउण्डेशन, अपाङ्ग महासंघ नेपाल, स्याङ्जा अपाङ्ग सञ्जाल, वालिङ नगरस्तरीय पैरवी समूह, जिल्लास्थित यातायात ब्यवसायी कम्पनीहरुकाबीचमा अपाङ्गता भएका ब्यक्तिहरुलाई कानुन बमोजिम भाडामा छुट, आरक्षण सिटको ब्यवस्था र भाडादर कार्यान्वयन गर्ने प्रतिवद्धता गरिएको हो । अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रचलित कानुन बमोजिम भाडादर छुट दिने तथा आरक्षण सिटको ब्यवस्था मिलाईएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी वालिङका प्रमुख बिमल अर्यालले बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिहरुले पाउनुपर्ने सहुलियत दिंदा दिंदै पनि कतिपयले छुट भएपछि दिनुपर्ने भाडा पनि नदिने समस्या रहेको उहाँले बताउनुभयो । भाडादरमा सहुलियत दिने र आरक्षण सिटको ब्यवस्था गरिएता पनि कहिलेकाँही अपाङ्गता भएका ब्यक्तिहरुको समूह नै यात्रा गर्ने भएकाले सबैलाई सहुलियत र आरक्षण सिटमा राख्न समस्या हुने गरेको उहाँले बताउनुभयो ।
जिल्लास्थित सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई कानुन बमोजिम भाडादरमा छुट गर्न, आरक्षण सिटको ब्यवस्था गर्ने कार्यलाई कार्यान्वयनमा जोड दिन यातायात ब्यवसायीहरुसँग छलफल गरिएको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष रामप्रसाद शर्मा पोखरेलले बताउनुभयो । “प्रहरी प्रशासन, ट्राफिक प्रहरी, अपाङ्ग सञ्जालका प्रतिनिधि तथा यातायात ब्यवसायीबीचको संयुक्त बैठकबाट प्रचलित कानुन बमोजिम रही कार्यान्वयन गर्ने प्रतिवद्धता गरिएको छ” उहाँले भन्नुभयो, “कानुनको पालना नभएमा वा अपाङ्गता भएका ब्यक्तिलाई सवारी साधनमा यात्रा गर्दा अमर्यादित ब्यवहार नगर्न नगराउन सचेत गराईने भएको छ ।”

Google search engine

सवारी धनी, चालक, सहचालकहरुकालागि चेतना अभिवृद्धि, सन्देशमूलक स्टिकर प्रकाशन तथा सवारी साधनहरुमा टाँस्ने ब्यवस्था मिलाईने स्याङ्जा अपाङ्ग समाज स्थानीय साझेदार संस्था रहने गरी वालिङ नगरपालिकामा सञ्चालित स्थानीय तहमा अपाङ्गता विकास कार्यक्रमका फोकल पर्सन एवं अपाङ्गता अधिकारकर्मी युवराज पराजुलीले बताउनुभयो । अपाङ्गता भएका ब्यक्तिहरुले सार्वजनिक यातायातमा केही समस्या भोगेको खण्डमा स्थानीय तह, सुरक्षा निका र संघ संस्थाको संयुक्त प्रयासबाट समाधान गर्ने, संयुक्तरुपमा अनुगमन तथा निरीक्षण गर्ने सहमति भएको पराजुलीले बताउनुभयो ।
“अपाङ्गता भएका ब्यक्तिहरुले सार्वजनिक सवारी साधन प्रयोग गर्दा छुट हुन्छ तर कतिपय अवस्थामा सहुलियत लिन अप्ठ्यारो हुने गरेको छ” वालिङ १ त्रियाशीका भेषराज रेग्मीले भन्नुभयो, “अपाङ्ग सञ्जाल, यातायात ब्यवसायी तथा प्रहरी प्रशासनकाबीच कार्यान्वयनमा जोड दिने भनिएसँग अब थप सहज हुने मेरो बुझाई छ ।”

Google search engine