हरिनासमा उद्यमशिलतासम्बन्धी तालिम सम्पन्न

0
140
Google search engine

वालिङ, २० जेठ ।
स्याङ्जाको हरिनासमा उद्यमशिलतासम्बन्धी दश दिने तालिम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको आयोजना र हरिनास गाउँपालिकाको ब्यवस्थापनमा मग्याम चिसापानी कृषि सहकारीका २५ जनालाई उद्यमशिलतासम्बन्धी तालिम दिईएको हो । जेठ ११ गतेदेखि सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो । तालिमको समापन गर्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष ईन्द्रादेवी थापाले नागरिकहरुलाई उद्यमशिलतासँग जोड्दै जाने बताउनुभयो । उहाँले उद्यमशिल बन्न चाहनेहरुलाई गाउँपालिकाले आवश्यक पर्ने तालिम, प्राविधिक सहयोगहरु तथा उत्पादित वस्तुहरुको बजारीकरणकोसमेत ब्यवस्था मिलाउने दावी गर्नुभयो । कार्यक्रममा पर्यटन तथा घरेलु कार्यालय स्याङ्जाका प्रमुख ठाकुरप्रसाद ढकालले नागरिकहरुलाई सीप प्रदान गर्नकालागि यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका सीपलाई ब्यवहारमा उतारी ब्यवसायिक बन्न पनि सहभागीहरुलाई आग्रह गर्नुभयो । मग्याम चिसापानी कृषि सहकारी संस्थाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सिवी गुरुङले गर्नुभएको थियो ।

Google search engine
Google search engine