निर्वाचित जनप्रतिनिधि र पार्टीका पदाधिकारीका बीचमा अन्तरक्रिया

0
179
Google search engine

वालिङ, १६ जेठ
गल्याङमा निर्वाचित जनप्रतिनिधि र पार्टीका पदाधिकारीका बीचमा अन्तरक्रिया गरिएको छ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ को आयोजनामा जिल्लाका विभिन्न नगरपालिकाहरुमा अन्र्तक्रिया गर्ने अभियान अन्र्तगत सोमबार गल्याङमा गरिएको हो । यसअघि चापाकोटमा यहि कार्यक्रम सम्पन्न भईसकेको छ । क्रमशः भीरकोट, वालिङमा समेत अन्र्तक्रिया कार्यक्रम हुनेछ । कार्यक्रममा गल्याङ नगरप्रमुख गुरुप्रसाद भटराईले पार्टीसंँग निरन्तर सहकार्य र समन्वयमा काम भईरहेको बताउनुभयो ।

Google search engine

नगरलाई समृद्ध बनाउन तथा नागरिकलाई सिहंदरबारको अधिकार घरघरमा महशुस हुने खालका योजनाहरु गल्याङले अगाडि सारेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरु भ्रष्टाचार र बेथितिको विरुद्धमा रहेको बताउनुभयो । कार्यक्रममा पार्टी सभापति श्यामप्रसाद बस्यालले जनप्रतिनिधि सफल हुनु भनेको पार्टी सफल हुनुभएकाले आवश्यक सुझावका साथ जनप्रतिनिधि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति दिलीपप्रताप खांँणले पार्टी र स्थानीय सरकारबीच सहजता ल्याउनका लागि क्षेत्र नं। २ ले जनप्रतिनिधि र पार्टीबीचमा अन्र्तक्रिया कार्यक्रम गरेको भन्दै पार्टीको तर्फबाट पालिकालाई सफल बनाउन आवश्यक सुझाव तथा प्रतिक्रियाहरु दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले पालिका पालिकामा अन्र्तक्रिया गरिनुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा निर्वाचित प्रमुख, वडा अध्यक्षहरु, वडा सदस्यहरु र पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Google search engine