अब वालिङमै सुत्केरीको शल्यक्रिया हुने

0
628
Google search engine

वालिङ, १६ जेठ
स्याङ्जाको वालिङस्थित गह«ौं प्राथमिक अस्पतालले सुत्केरीको शल्यक्रिया सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, वालिङ नगरपालिका लगायतको सहयोगमा आधुनिक उपकरणहरु जडान गरी आजबाट सेवा थालिएको हो । अस्पतालमा आएका प्रसुतिसम्बन्धी शल्यक्रिया गर्नपर्ने देखिएमा अन्यत्रै पठाउनुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा. सुरज ढकालले बताउनुभयो ।

Google search engine

“प्रसुतिसम्बन्धी शल्यक्रिया गर्न पर्नेभएमा यसअघि अन्यत्रैका अस्पतालमा पठाउँदै आएका थियौं” उहाँले भन्नुभयो, “अब यहीँबाट सेवा दिन सक्ने गरी उपकरण तथा जनशक्ति ब्यवस्थापन गरेका छौं जसले गर्दा सहज हुने छ ।” जिल्लाको मध्यभागमा रहेको सबैभन्दा धेरै बिरामीहरुको चाप हुने यस अस्पतालले अन्य नियमित सेवाहरुसँगै अब प्रसुतिसम्बन्धी शल्यक्रिया गर्ने सेवा सुरु गरेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । “शल्यक्रियामार्फत सुत्केरी बनाउने सेवा थप गरेसँगै यहाँका महिला दिदीबहिनीहरु अब टाढा–टाढा जानुपर्ने छैन” अध्यक्ष खाँणले भन्नुभयो, “टाढा जान नपर्ने भएपछि महिलाहरुलाई राहत हुने, खर्च र समयको पनि वचत हुने छ ।”
अस्पतालले बिरामीहरुको चापलाई मध्यनजर गरी सेवाहरु विस्तार गर्नुकासाथै जनशक्ति तथा उपकरणहरु थप गर्दै गएको छ । “अस्पतालमा दैनिक औसतमा चार सय जना बिरामीहरु उपचारकालागि आउने गर्नुहुन्छ” उहाँले भन्नुभयो, “वालिङमै शल्यक्रियासम्बन्धी सुविधा थपिएपछि अन्यत्र रिफर गर्नुपर्दैन ।”

वालिङसहित स्याङ्जाका भीरकोट, गल्याङ, कालीगण्डकी, चापाकोट तथा दक्षिणी पर्वत, पाल्पाका केही भागका नागरिकहरुले यस अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा लिंदै आएका वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
अस्पतालले पहिलो पटक सुरु गरेको शल्यक्रिया सेवालाई आगामी दिनमा अझै ब्यवस्थित र गुणस्तरयुक्त बनाउन नगरपालिकाले सहयोगलाई निरन्तरता दिंदै जाने प्रमुख खाँणले बताउनुभयो । “वालिङका नागरिकहरुलाई यो एउटा ऐतिहासिक र खुसीको क्षण हो” प्रमुख खाँणले भन्नुभयो, “यसलाई अझै ब्यवस्थित र दीगो बनाउन थप उपकरण तथा जनशक्ति ब्यवस्थापनमा सहयोग गर्नेछौं ।”
यहाँ शल्यक्रिया सेवा नहुँदा महिलाहरुलाई पोखरा, पाल्पा, काठमाडौं लगायतका शहरमा रहेका अस्पताल लैजानुपर्ने बाध्यता थियो । हतार हतारमा एम्बुलेन्समा राखेर टाढाका अस्पतालमा लैंजादा महिलाहरुमा पीडा हुने, सुत्केरीपश्चात टाढाबाट आउनुपर्दा समस्या हुने गरेको थियो ।

Google search engine