स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मनसुनजन्य विपदबाट प्रभावित परिवार र डेंगु रोग नियन्त्रण बारेमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा सहभागी बिभिन्न सरोकारवालासँंगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले मौसमजन्य विपदजन्य स्याङ्जाका १ सय ८७ घरहरु प्रभावित भएको जनाउँदै सत्यतथ्य विवरण उपलब्ध गराएर राज्यद्वारा उपलब्ध सेवा सुविधा ग्रहणगरी सुरक्षित आवास निर्माणमा जुट्नुपर्ने बताउनुभयो । यसैगरी, नजिकिंदै गरेको गर्मी मौसममा डेंगीका प्रकोपबाट बच्नका लागि डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भा तथा प्यूपा खोजेर नष्ट गर्ने अभियान सुरु गर्न जिल्लास्थित सबै पालिका तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांँग्रेसका कार्यवाहक सभापति केदार काफले, भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्य, आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, विरुवा गाउपालिकाका अध्यक्ष सूर्य कुँवर लगायतले आ आफना जिज्ञासा एवं सुझाव दिनुभएको थियो । कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले गर्नुभएको थियो ।