पछिल्ला वर्षहरुमा गह«ौंसुरले पूर्वाधार निर्माणमा फड्को मारेको छ । पुराना पूर्वाधारहरु रहेको गह«ौंसुरमा आधुनिक भौतिक पूर्वाधारहरु निर्माण भईरहेका छन् । भगवती मन्दिर, कालिका मन्दिर, सुविधासम्पन्न अतिथि गृहहरु, खानेपानीको सहज उपलब्धता, कोतघर निर्माण, हेलिप्याड, स्टेडियम, सभाहल, ढुंगेधारा, धर्मशाला, चमेना गृह, शौचालयहरु, पक्की सडक मार्ग तथा पक्की पदमार्ग, दृश्यावलोकन केन्द्र, प्रवेशद्वार, मन्दिर परिसरमा ढुंगा तथा टायल छाप्ने लगायतका कामहरु भएका गह«ौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले बताउनुभयो ।
गह«ौंसुर धार्मिक एवं पर्यटकीय दृष्टिले प्रचूर संभावना बोकेको स्थल भएकाले संघ, प्रदेश, स्थानीय तहहरु तथा ब्यक्तिगतरुपमा प्राप्त भएका सहयोगहरुबाट पूर्वाधार निर्माण भईरहेको अध्यक्ष खाँणले बताउनुभयो । मन्दिर परिसरमा परिक्रमा गर्नकालागि चक्रपथ निर्माण गरिएको छ । संघीय आयोजना कार्यान्वयन इकाई भवन तथा आवास शहरी विकास मन्त्रालय गण्डकी प्रदेशको रु. दुई करोडको लागतमा सात सय मिटर ढलान गरी चक्रपथ निर्माण गरिएको छ ।
मन्दिर परिसरसम्म पुग्नकालागि वालिङ ८ काफलडाँडाबाट दुई किमी ८ सय मिटर सडक ढलाई तथा कालोपत्रेको काम जारी रहेको छ । सडक डिभिजन कार्यालय पोखराको चालु आर्थिक वर्षमा रु. सात करोड ४० लाखको लागतमा कार्य भईरहेको गह«ौंसुर धार्मिक एवं पर्यटकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले बताउनुभयो । गतवर्ष रु. तीन करोडको लागतमा सोही सडक स्तरोन्नति गरिएको थियो । पर्यटन मन्त्रालय÷विभाग काठमाडौंको रु. एक करोड १५ लाखको लागतमा मन्दिरको दर्शनकालागि आउने धार्मिक पर्यटकलाई मध्यनजर गरी सुविधासम्पन्न अतिथि गृह निर्माण गरिएको छ । अत्याधुनिक प्रविधिबाट निर्माण गरिएको चार÷चार कोठाका दुई वटा अतिथि गृह बनाईएको छ ।
मन्दिरको दर्शनकालागि आउने भक्तजनहरुलाई लक्षित गरी प्रतिक्षालयहरु निर्माण भएका छन् । संस्थागतमात्रै नभई ब्यक्तिगतरुपमा पनि गह«ौंसुरमा धर्मशाला÷प्रतिक्षालयहरु निर्माण भएका छन् । वालिङ ८ का समाजसेवी स्व. बालप्रसाद श्रेष्ठको स्मृतिमा रु. ३२ लाखको लागतमा प्रतिक्षालय निर्माण गरिएको हो ।
त्यस्तै स्थानीय कुलप्रसाद पंगेनी र डालीमाया पंगेनीद्वारा धर्मशाला निर्माण गरी मन्दिरलाई हस्तान्तरण गरिएको छ । चालु आर्थिक वर्षमा रु. चार करोड ९४ लाखको लागतमा मन्दिर परिसरमा पूर्वाधार निर्माण कार्य भईरहेको कोषाध्यक्ष गुरुङले बताउनुभयो । आगामी असारसम्म निर्माण कार्य सक्ने गरी हेलिप्याड, स्टेडियम, सभाहल, शौचालयहरु, मन्दिर प्राङ्गणमा ढुंगा छपाई, दृश्यावलोकन केन्द्र, ढुङ्गे धारा, प्रवेशद्वारको काम फूलजोर दिब्यश्वरी निर्माण कम्पनी काठमाडौंसित ठेक्का प्रक्रियामार्फत काम भईरहेको हो ।
गुठी संस्थान काठमाडौंको रु. आठ लाखको लागतमा ‘कोत घर’ निर्माण गरिएको छ । मुख्य आकर्षणको केन्द्रकारुपमा रहेको भगवती मन्दिरको जिर्णोद्धार, कालिका मन्दिर निर्माण, सुनको गजुर तथा ताम्रछादन समाजसेवी डोलराज शर्मा र डा. गिरीधारी शर्मा पंगेनीको अगुवाईमा गरिएको हो । सडक स्तरोन्नति तथा मन्दिर परिसरमा भएका भौतिक पूर्वाधारहरुको निर्माणमा विशेष गरी डोलराज शर्माले लामो समयदेखि सक्रियता जनाउँदै आउनुभएको छ । केही वर्ष अघिदेखि लिफ्टिङ गरेर मन्दिर परिसरमा ल्याईएको खानेपानी पर्याप्त नभएपछि अर्को खानेपानी योजनामार्फत खानेपानी ल्याउन लागिएको कोषाध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँका अनुसार संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय पोखरामार्फत चालु आर्थिक वर्षकालागि रु. चार करोड पचास लाख विनियोजन भएको थियो । गल्याङ १० स्थित चिलाउनेपानीबाट पानी तानेर लाखुडाँडामा ल्याईने र त्यहाँबाट गह«ौंसुरसम्म पानी तान्ने तयारी अन्तिम चरणमा पुगेको छ । डबल लिफ्टिङ प्रविधिको उक्त खानेपानी छ सय मिटर ‘भर्टिकल हाईट’ बाट विद्युतमार्फत पानी तानिने भएको हो ।
प्रतिसेकेण्ड आठ लिटरका दरले पानी तानिने छ । लिफ्टिङ गरिएको पानी सङ्कलन गर्न मन्दिर परिसरमा एकलाख लिटरको खानेपानी ट्याङ्की निर्माण गरिएको छ । मन्दिरको दर्शनकालागि आउनुभएकी महिला दर्शनार्थी विष्णुदेवी भण्डारीले तुलनात्मकरुपमा पछिल्लो समय यस ठाउँमा पूर्वाधारहरु निर्माणले तिब्रता पाएको बताउनुभयो । पहिला आउँदा हिंडेर आउनुपर्ने बाध्यता थियो, उकालो वनको बाटो थियो अहिले त साना–साना गाडी, मोटरसाईकलहरु पनि मन्दिर परिसरमै पुग्दा रहेछन् निक्कै सहज भएको महशुस उहाँको थियो । पिउने पानी आँफै बोकेर ल्याउनुपर्ने, चारैतिर जङ्गलले घेरिएको दृश्यावलोकन थोरैमात्रै हुने गरेकोमा अहिले जताततै देखिने गरी काम भएको छ ।
दर्शनकालागि आउने श्रद्धालु भक्तजन तथा घुम्नकालागि आउने पर्यटकहरुलाई लक्षित गरी अतिथि गृहहरु, धर्मशालाहरु बनाईनुले पनि भोलिका दिनमा अझै सहज हुने विश्वास उहाँको थियो । कुनैबेला प्यास मेटाउन बोत्तलमा पानी बोकेर जानुपथ्र्यो ‘गह«ौंसुर’ । वनको उकालो बाटो प्यास मेटाउने पानी र पूजाआजापछि खानुपर्ने नास्ता बोकेर गह«ौंसुर जानुपर्ने बाध्यता थियो । पहाडका टाकुराहरुमध्येको अग्लो टाकुरोमा अवस्थित गह«ौंसुरमा भगवती मन्दिर, कालिका मन्दिरको दर्शनकासाथै मनमोहक दृश्यावलोकनकालागि दर्शनार्थीहरु आउने गर्छन् । विशेष गरी बडादशै र चैते दशैंमा यहाँ दर्शनार्थीको घुईंचो लाग्ने गर्दछ । अग्लो टाकुरामा रहेको आस्थाको केन्द्रकोरुपमा रहेको मन्दिरमा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकैकारण वर्षेनी यहाँ दर्शनार्थीहरुको भीड हुने गर्दछ ।
धार्मिक एवं ऐतिहासिक महत्वसँग जोडिएको ‘गह«ौंसुर’
नेपालको एकीकरणको जग राणा भुपालसिंहद्वारा रिडीघाटबाट लसर्घामा आई बेगमाता बेगेश्वरी कूल देवीको स्थापना गरिएको पाईन्छ । जसलाई आलमदेवी भनिन्छ ।
सबैभन्दा पहिलो टाकुरे राज्यमध्येको खिलुङ कोट थियो । जसको ईष्टदेवीकोरुपमा खिलुङ कालिका स्थापना गरिएको थियो । भुपालसिंहका दुई भाई छोरामध्ये जेठा छोरा जयन्तसिंह (जसलाई स्थानीय भाषामा करञ्च खेन पनि) भनिन्थ्यो । उनको भागमा भीरकोट, गह«ौंकोट र ढोर गरी तीनवटा राज्यहरु थिए । कान्छा अजयसिंह (जसलाई करञ्च खेन पनि) भनिन्थ्यो । उनको भागमा नुवाकोट, सतौंकोट र कास्की कोट पर्दथ्यो । जेठा जयन्तसिंह खाँणका पनि दुई छोरामध्ये जेठा सूर्य खाँणको अधिनमा भीरकोट राज्य स्थापना गरी कान्छा दशरथ खाँणको भागमा गह«ौंकोट र ढोर राज्य थियो । एघारौं पुस्तासम्म गह«ौंकोटमै मुकाम र दरबार खडा गरी राज्य गरेका थिए । कूल देवीकोरुपमा आलमदेवी र ईष्टदेवीकोरुपमा गह«ौंकालिका देवी स्थापना भएको बताउनुहुन्छ ईतिहास सम्बन्धी जानकार दिलीपप्रताप खाँण ।
उहाँका अनुसार राजा दशरथ खाँणले १५५२ मा गह«ौंकालिकाको स्थापना गरेका हुन् । अन्तिम स्वतन्त्र राजा श्रीभक्त खाँणद्वारा गह«ौंसुरको दरबार त्याग गरी हालको घ्याङलिङ भन्ने स्थानमा दरबार बनाई बसाई सरेको पाईन्छ ।
राजा दशरथ खाँणले सुर्कौदी, तल्लो बौवा फाँट, छेउडाँडा बारीसाथै चापाकोटतर्फ १२ सय मुरी माटो गह«ौंकालिका देवीको नाममा ब्यवस्था गरेका थिए । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको स्थान गह«ौंसुरमा १५५२ मा गह«ौंकालिका देवीको प्राण प्रतिष्ठा गरिएको थियो । वैद्धिक विधि, तान्त्रिक विधि र प्राकृत विधिद्वारा देवीको मन्दिरमा पूजा अर्चना गर्ने चलन निरन्तररुपमा चल्दै आएको छ भन्नुहुन्छ ईतिहाससम्बन्धी जानकार खाँण ।
शुरुमा तान्त्रिक विधिद्वारा पूजा गर्ने भट्टहरु थिए । वैद्धिक विधि अनुसार पूजा गर्ने पुजेरीहरु सुबेदी थिए । प्राकृत पूजा गर्नकालागि मास्की राना मगरहरु थिए । गह«ौंकालिका जागृत देवी भएकाले पनि यहाँ भाकलहरु गर्दा दर्शनार्थी तथा भक्तजनहरुको अभीष्ट र मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रही आएको पाईन्छ । गह«ौंसुरमा अवस्थित कालिका मन्दिरमा कर्तरी मन्त्र, बीज मन्त्र र माला मन्त्रद्वारा पूजा गरिन्थ्यो । पुरुष मन्त्र, स्त्री मन्त्र र नपुसंक मन्त्रद्वारा चार ऋतुको दशैंमा पूजा गर्ने चलन भएता पनि हाल आएर आश्विन शुक्ल प्रतिपदादेखि दशमी र चैत शुक्ल प्रतिपदादेखि दशमी तथा पूर्णिमासम्म विशेष पूजाआजा हुने गरेको उहाँले बताउनुभयो ।
औंशी, एकादशी, सोह« श्राद्ध, चन्द्र ग्रहण र सूर्य ग्रहणका दिनबाहेक अन्य सबै दिनमा यहाँ श्रद्धालु भक्तजनहरुको घुर्इँचो लाग्ने गर्दछ । काली कूल अन्तर्गत १८ सिद्ध विद्यामध्ये रक्तकाली र कालीद्वारा शक्ति प्राप्त देवी हुन् । श्रीकूल अन्तर्गत ‘मातङ्गी’ देवीको शक्ति प्राप्त भएको जनविश्वास रही आएको छ । दश महाविद्यामध्ये ‘छिन्नमस्ता’ तथा ‘षोडशी विद्या’ अन्तर्गत जीवित देवी पूजा विधिमा हाल आएर तान्त्रिक विधिका ज्ञाताको अभाव भएकाले तान्त्रिक विधिद्वारा पूजाआजा हुन छाडेको उहाँले बताउनुभयो ।
वैद्धिक विधिमा यजुर्वेद अनुसार शुक्ल यजुर्वेद र वेदान्तको मिमांसा दर्शनको आधारमा पूजा विधि गरिन्छ । त्यस्तै प्राकृत पूजा विधिको हकमा कोतघरमा बली प्रथाद्वारा पूजा गरिंदै आईएको छ । अष्ट सिद्धीमध्ये ‘प्राकाम्य सिद्धी’ प्राप्त देवी भएकाले भक्तजनको इच्छा र अभिलाशा अनुसार वरदान दिन सक्ने देवीकारुपमा गह«ौंकालिकालाई लिन सकिने उहाँले बताउनुभयो । नौ गौण सिद्धीमध्ये ‘अनुरमी सिद्धी’ द्वारा आशिर्वाद प्राप्त गर्न सक्ने, त्यस्तै ‘यथा सङ्कल्प संसिद्धी’ द्वारा भक्तजनहरुको समस्या समाधान गर्ने देवीकोरुपमा रहेको पाईन्छ । पाँच छुद्र सिद्धीहरुमध्ये ‘प्रतिष्टम्भ सिद्धी’ द्वारा साधकको शारीरिक, मानसिक, गह«दशा, नक्षत्रजन्य प्रतिकूलतालाई अनुकुल बनाउन सक्ने सिद्धी प्राप्त भएको देवीकोरुपमा स्थापित भएकाले तीन वटै प्रकारका सिद्धीहरुद्वारा देवीका भक्तहरु, दर्शनार्थीहरु र साधकहरुलाई देवीको आशिर्वाद मिल्ने धार्मिक मान्यता रहिआएको बुझाई उहाँको छ ।
पर्यटकीय केन्द्रकोरुपमा ‘गह«ौंसुर’
समुद्र सतहदेखि एकहजार ५९६ मिटरको उचाई अवस्थित छ गह«ौंसुर । जहाँबाट स्याङ्जाका अधिकांश भागहरु, पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वतलगायतका जिल्लाहरु सहजै अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ लहरै हिउँले ढाकिएका मनमोहक हिमशृंखलाहरुले यहाँ पुग्ने जोकोही पनि आनन्दित हुन पुग्छन् । श्रवणकुमारका अन्धाअन्धी मातापिताको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोला र दामोदरकुण्डलाई शीर मानी उत्पत्ति भई नागबेलीस्वरुपमा बहेको कालीगण्डकी र यसले बनाएका टार तथा फाँटहरु अझ मनमोहक र आकर्षित देखिन्छन् ।
चारैतिरबाट वन जङ्गलले ढाकिएको र चुचुरोमा समथर र फराकिलो स्थान । विभिन्न खालका जडिबुटी तथा रङ्गीविरङ्गी चराचुरुङ्गी, जंगली जनावरहरुको दृश्यावलोकन गर्न पाईनु यहाँको विशेषता पनि हो । यहाँबाट बिहानको सूर्योदय र साँझको सूर्यास्तसमेत हेर्न लायक देखिन्छ । यस ठाउँलाई धार्मिक पर्यटनसँग जोड्दै ‘वालिङ–गह«ौंसुर–चापाकोट केवलकार’ संभाब्यता अध्ययनको विषय उठ्ने गरेको छ ।