बैशाख १२
बारा २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवले मतान्तर बढाउँदै लैजानुभएको छ । यादव १५ हजार ९८० मतसहित अग्र स्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याउँदै आउनुभएका जनमत पार्टीका शिवचन्द्र कुशवाहले ११ हजार १९८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार १४१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १२९ मत ल्याउनुभएको छ । बारा २ बाट यसअघि मंसिरमा भएको निर्वाचनमा विजयी हुनुभएका जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्र रिक्त रहेको थियो ।