तनहुँ १ मा मतान्तर फराकिलो बनाउँदै वाग्ले

0
94
Google search engine

वैशाख ११
तनहुँ १ मा झन्डै आधा मतणना सकिएको छ । निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये २२ वडाको मतगणना सकिएको हो । तीमध्ये आबुखैरेनी गाउँपालिकाका ६, भानु नगरपालिकाका ११ र देवघाट नगरपालिकाका ४ वडाको मतगणना सकिएको छ । गणना भएकामध्ये अधिकांश वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अन्य उम्मेदवारभन्दा बढी मत पाउनुभएको छ ।
अहिलेसम्म ३१ हजार २१९ मत गनिसक्दा स्वर्णिम वाग्लेले १५ हजार ९५८ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० र एमालेका सर्वेन्द्र खनालले ५ हजार १६६ ल्याउनुभएको छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो । दुई ठाउँमा मतगणना कार्य जारी छ ।

Google search engine
Google search engine