पार्क तथा पदमार्ग निर्माण

0
268
Google search engine

वालिङ, ८ बैशाख ।
चालु आर्थिक वर्ष २०७९÷८० मा पर्यटन तथा उद्योग कार्यालयमार्फत ३१ स्थानमा पूर्वाधार निर्माण थालिएको छ । धार्मिक मार्ग, पार्क निर्माण, पदमार्ग निर्माण गर्न चालु आर्थिक वर्षमा कूल रु. दुई करोड ५० लाख विनियोजन भएको छ । धार्मिक एवं पर्यटकीय स्थलहरुसम्म सहजताकासाथ पुग्नकालागि पदमार्ग निर्माण तथा पार्कहरु निर्माण गरिएको हो । स्याङ्जा सदरमुकाम पुतलीबजार १ मा अवस्थित पर्यटन तथा उद्योग कार्यालय स्याङ्जामार्फत जिल्लाका विभिन्न ठाउँमा पूर्वाधारहरु निर्माण गरेको हो । धार्मिक एवं पर्यटकीय स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्ने र त्यहाँसम्म सहज पहुँच पु¥याउन पूर्वाधार निर्माण गर्ने नीति कार्यालयको रहेको कार्यालय प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो ।
जिल्लाका विभिन्न भेगमा रहेका मठमन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक आस्थाका केन्द्रहरु र पर्यटकीय संभावना बोकेका स्थानहरुको संरक्षण, सम्बद्र्धन र पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने उहाँले बताउनुभयो । साविकमा घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जा रहेकामा गत कात्तिकदेखि यस कार्यालयको नाम परिवर्तन गरी पर्यटन तथा उद्योग कार्यालय स्याङ्जा राखेसँगै कार्य विवरण पनि थप भएको कार्यालय प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो ।

Google search engine

जिल्लाका विभिन्न भागमा सञ्चालनमा रहेका योजनाहरुमध्ये ६ वटा सम्पन्न भईसकेका छन् । अरु योजनाहरु सम्झौता भएर काम अगाडि बढेका र केही अन्तिम चरणमा पुगेका छन् । पर्यटकीय गाउँहरुमा आउने पाहुनाहरुलाई स्थानीय परिकारका स्वादहरु उपलब्ध गराउने उद्देश्यसहित पर्यटकीय गाउँहरुमा अचार बनाउने एकहप्ते तालिम दिईएको उहाँले बताउनुभयो । साविकको कार्य विवरणमा थप भएको नयाँ कार्य विवरण अनुसार ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नवीकरण, पर्यटकीय होटल, रिसोर्ट, लज, ट्राभल, गाईड, ¥याफ्टिङ लगायत साहसिक पर्यटनको प्रवद्र्धन, दर्ता अनुमति नवीकरण र नियमन गर्ने उहाँले बताउनुभयो ।

Google search engine