अन्नपूर्ण खाद्यान्न उद्योगद्वारा खाद्यान्न बजारमा

0
175
Google search engine

वालिङ
स्याङ्जाको वालिङमा महिलाहरुद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालन गरी उत्पादित खाद्यान्न बजारमा ल्याएको छ । सहकारीले रु. तीन करोड ३३ लाखको लागतमा फागुन २८ देखि उद्योग सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष कविता तिवारी गैह«ेले बताउनुभयो । वालिङ नगरपालिका भित्रका विभिन्न ठाउँमा उत्पादन हुने रैथाने बालीहरुको प्रवद्र्धन गर्नकालागि विशेष गरी रैथाने बालीहरुको प्रयोगमार्फत खाद्यान्नहरु उत्पादन गरेको उहाँले बताउनुभयो ।
“रैथाने बालीहरु जस्तै जर्नेली धान, गहुँ, दलिया, आटा, सर्वोत्तम पिठो लगायतका पौष्टिक आहारहरु यहाँबाट उत्पादन गरेका र्छौं” उहाँले भन्नुभयो, “वालिङको ब्राण्डकोरुपमा गुणस्तरयुक्त ‘अन्नपूर्ण ब्राण्ड’ को नामबाट खाद्यान्न बजारमा पठाएका हौं ।”
सर्वोत्तम पिठो अहिलेसम्म नेपालमा उत्पादन नभएकोले यहाँमार्फत उत्पादन हुने पिठो नेपालकै पहिलो पौष्टिक आहारकोरुपमा रहने दावी उहाँको छ । बालबच्चादेखि बृद्धबृद्धा सबैलाई पौष्टिक आहारकोरुपमा प्रयोग गर्न सकिने उहाँको जिकीर छ । सहकारीले यसअघि समृद्धि गार्मेन्ट उद्योग र नमूना कृषि फर्म सञ्चालन गरिसकेको छ । “महिलाहरुद्वारा सञ्चालित यस सहकारीले वचत तथा ऋणको कारोबारसँगै गार्मेन्ट उद्योग, नमूना कृषि फर्म सञ्चालन गरिसकेका छौं” उहाँले भन्नुभयो, “बहुउद्देश्यीय सहकारी संस्था भएकाले फरक फरक क्षेत्रहरुमा काम गर्न पाईने भएसँगै अन्नपूर्ण खाद्यान्न उद्योग स्थापना गरेका हौं ।”

Google search engine

सहकारीले वालिङ ६ ढलेको स्वामीमा ३६ रोपनी जग्गा भाडामा लिएर खाद्यान्न उद्योग स्थापना गरेको हो । सोही ठाउँमै सहकारीमार्फत नै नमूना कृषि फर्म पनि सञ्चालनमा रहेको छ । २०६९ सालमा ४० जना महिलाहरुद्वारा स्थापित सहकारीले २०७० बैशाखबाट विधिवत सेवा शुरु गरेको थियो । रु. ४५ लाख शेयरपूँजिबाट शुरु भएको संस्थामा हाल रु. २७ करोड शेयर पूँजि रहेको संस्थाका सचिव ईन्दिरा गैह«े अधिकारीले बताउनुभयो । सहकारीमा हाल ७ हजार ७७६ जना महिलाहरुमात्रै शेयर सदस्य छन् । ३६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

Google search engine