वालिङ, १० असोज ।
विद्यार्थी राजनीतिदेखि कृषि कर्म र व्यवसायमा सक्रिय पाण्डेय को उम्मेदवारी रोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित युवा पुस्तामाझ परिचित नाम हो—प्रदीप पाण्डेय । विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय पाण्डे नेपाल विद्यार्थी संघको राजनीतिसँग जोडिँदै अहिले कृषि कर्म र व्यवसायमा समेत सक्रिय युवा उद्यमीका रूपमा परिचित हुनुहुन्छ।
राजनीतिलाई केवल पद प्राप्तिको माध्यमभन्दा पनि समाजको आवश्यकता र जनजीवनसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्ने पाण्डेले यसपटक युवा पुस्ताको प्रतिनिधित्व गर्दै स्याङ्जा क्षेत्र नं २ को (क) मा उम्मेदवारी प्रस्तुत गर्नुभएको छ। उहाँको उम्मेदवारीमा कृषि, रोजगारी, उद्यमशीलता र उत्पादनलाई प्राथमिकतामा राखिएको छ।पाण्डेय ले किसान, श्रमजीवी, युवा तथा उद्यमीका आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउने उद्देश्यसहित आफू चुनावी मैदानमा आएको बताउनुभएको छ। देशमा रोजगारीका अवसर सिर्जना गर्न, युवालाई उत्पादनसँग जोड्न र कृषि क्षेत्रलाई आधुनिक तथा व्यावसायिक बनाउन राज्यको नीति थप प्रभावकारी हुनुपर्ने उहाँको धारणा छ।
नेपालमा रोजगारीको खोजीमा युवा विदेशिने क्रमलाई कम गर्न उत्पादनमुखी अर्थतन्त्र र स्वदेशमै उद्यम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पाण्डेले जोड दिनुभएको छ। कृषि, उद्योग तथा उद्यमशीलतामा युवाको सहभागिता बढाउन सके मुलुकको अर्थतन्त्रलाई क्रमशः आत्मनिर्भर बनाउन सकिने उहाँको विश्वास छ।
कृषि कर्ममा प्रत्यक्ष संलग्न रहँदै आएका पाण्डेय ले किसानका वास्तविक समस्या नजिकबाट बुझेको बताउँदै कृषि उत्पादन, बजार व्यवस्थापन, प्रविधिको प्रयोग र उचित मूल्य सुनिश्चित गर्ने विषयलाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
उहाँका अनुसार किसानले उत्पादन गर्ने तर बजार नपाउने, युवाले काम खोज्ने तर अवसर नपाउने र उद्यमीले लगानी गर्न चाहँदा पनि सहज वातावरण नपाउने अवस्था अन्त्य गर्न नीतिगत सुधार आवश्यक छ। त्यसका लागि स्थानीय उत्पादनलाई प्रोत्साहन, उद्यमशीलतालाई सहजीकरण र रोजगारी सिर्जनालाई राजनीतिक एजेन्डाको केन्द्रमा राख्नुपर्ने उहाँको भनाइ छ।”किसान, श्रमजीवी र उद्यमीको आवाजलाई नीति निर्माणसँग जोड्दै रोजगारी सिर्जना, उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि काम गर्ने उद्देश्यले मेरो उम्मेदवारी हो,” पाण्डेय ले बताउनुभएको छ।
युवा उमेरमै विद्यार्थी राजनीति, कृषि कर्म र व्यवसायलाई सँगसँगै अघि बढाउँदै आएका पाण्डेय को उम्मेदवारीलाई युवाको प्रतिनिधित्व, उत्पादनमुखी सोच र उद्यमशीलतालाई राजनीतिको मूलधारसँग जोड्ने प्रयासका रूपमा लिइएको छ ।





