छविको ओझिलो उम्मेदवारी: सक्रिय वडा अध्यक्षको परिचयदेखि प्रदेश सभापतिसम्मको आकांक्षा

0
68
Google search engine

आरती कुँवर
वालिङ, १० असोज ।
देशभर कांग्रेसको महाधिवेशनको सरगर्मी बढेसँगै स्याङ्जाका जल्दाबल्दा युवा नेताहरूको चर्चा पनि चुलिएको छ। यिनै गतिशील युवाहरूको सूचीमा अग्रपंक्तिमा आउने एक परिचित नाम हो— छ छवि आले।

Google search engine

आसन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आलेले स्याङ्जा क्षेत्र नं. २ को प्रदेश (क) मा सभापति पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ। नेपाली कांग्रेसको निवर्तमान वडा सभापति हुँदै वालिङ नगरपालिका वडा नं. ५ को वर्तमान वडा अध्यक्षसम्मको उहाँको निरन्तर सामाजिक एवं राजनीतिक यात्राले उहाँको यो उम्मेदवारीलाई निकै ओझिलो बनाएको छ।

अहिले देशले समग्र राजनीतिक तहमा युवा नेतृत्वको खाँचो महसुस गरिरहेको बेला आले केवल उमेरले मात्र युवा नभई अनुभवी र परीक्षण सफल युवा नेतृत्वको रूपमा काँग्रेसीमाझ उभिनुभएको छ।

उम्मेदवारी घोषणा गर्दै नेता आलेले पार्टीभित्र छरिएका काँग्रेसीजनलाई एकत्रित गरी संगठनलाई अझ सुदृढ, सक्षम र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। देशमा देखिएका बेथितिहरू हटाउँदै राजनीतिक क्षेत्रमा सुशासन र पूर्ण पारदर्शी नेतृत्व स्थापित गर्न आफूले यो जिम्मेवारीका लागि दाबी प्रस्तुत गरेको उहाँको भनाइ छ।

विद्यार्थी जीवनदेखि २५ वर्ष भन्दा लामो समय काँग्रेसमा होमिएर विकास निर्माणका थुप्रै कामको अनुभव र
स्थानीय तहको वडा अध्यक्षको रूपमा जनताको घरदैलोमै पुगेर सेवा प्रवाह गरिसक्नुभएका आलेसँग प्रशासनिक र राजनीतिक नेतृत्वको गतिलो अनुभव छ। वडा तहमा रहँदा विकास निर्माण, जनसेवा र सुशासनको क्षेत्रमा देखाएको कार्यक्षमताले उहाँलाई प्रदेश तहको संगठन हाँक्न थप सक्षम बनाउने उम्मेदवारको रुपमा आलेलाइ हेरिएको छ ।

उहाँले स्थानीय तहका व्यावहारिक अनुभव र चुनौतीहरूलाई नै प्रदेश तहको नीति निर्माण र सांगठनिक सुदृढीकरणको बलियो आधार बनाउने स्पष्ट पार्नुभएको छ। वडा तहमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारि लगायत क्षेत्रमा गरिएका असल अभ्यासलाई प्रदेश नेतृत्वमा लगानी गर्ने उहाँको संकल्प छ । अनुभवले पाका बन्नु भएका आलेले प्रदेशको नेतृत्व तहमा पाइला टेकेमा काँग्रेसको सकारात्मक छविमा प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

आलेको राजनीतिक पृष्ठभुमि एवम् सामाजिक कार्य विवरण:
१. नेपाली काँग्रेसको २०५८ सालमा विद्यार्थी  जीवनदेखी? साधारण सदस्य लिएर नेपाली काँग्रेसमा क्रियाशील भएर  क्लब एवम् थुप्रै विकास निर्माणको काममा उपभोक्ता समिति अध्यक्ष भएर विकास निर्माणका कार्य गर्नुभएको थियो ।
२.  जगतभन्ज्याङ गा बि स मा सामजिक सस्था NGO युएनडिपमा २ वर्ष म्यानेजर भएर नागरिकहरुको काम गर्नुभएको थियो ।
३. जिल्ला विकास अन्तर्गत LGCDP, रेड्क्रस, विश्वास र दिदि जस्ता संस्थामा आबद्ध भई जिल्ला विकास समितिमा सामाजिक परीचालक को रुपमा २०७९ सम्म नागरिकहरुको घर घरमा पुगि करिब ८ वर्ष सेवा गरेको अनुभव रहेको छ ।
४. नेपाली काँग्रेसको १३औ अधिवेशनमा नेपाली काँग्रेस वालिङ ५ वडा कार्य समिति सचिव, १४ औं अधिवेशनमा वडा कार्य समिति सभापति बन्नु भएको थियो ।
५ . नेपाली काँग्रेस बाट २०७४ निर्वाचित देशकै नम्बर १ स्मार्ट सिटी र गुलाबी शहरको प्रमुख दाता वालिङ नगरपालिकाको नगर प्रमुख श्री दिलीपप्रताप खाँणको सचिवालयमा  सचिव बनि नगर प्रमुखको निर्देशनमा विपन्न नागरिकहरुको घरबास देखि लिएर स्वास्थ्य, शिक्षा थुप्रै विकास निर्माण योजनामा करिब ४ वर्ष २०७९ सम्म नगरपालिकामा सहजिकरण गर्नुभएको थियो ।
६. देशमा आएको महामारी कोभिडमा क्वारेन्टाईनदेखि लिएर स्वास्थ्य सुरक्षमा नगर प्रमुखको साथमा फ्रन्टलाईनमा बसि नागरिकहरुको स्वास्थ्यका लागी कोभिड सक्रंमणकाल भरी सहजिकरण गर्नुभएको थियो ।
७. नेपाली काँग्रेसबाट उमेदवार भई २०७९ मा वडा अध्यक्ष भई हाल सम्म राज्यको सिमित स्रोत साधन अनुसार थुप्रै विकास निर्माण तथा नागरिकको सेवा गर्नुभएको छ ।
यस्तै स्वास्थ्य चौकीको अध्यक्ष, विद्यालयको अध्यक्ष जस्ता धेरै यसरी सामाजिक क्षेत्रमा सर्वसहमत रुपमा नेपाली काङ्रेसको तर्फबाट नेतृत्व गर्दै अदृश्य रुपमा धेरै काम गर्दै आउनुभएको छ ।

Google search engine