वालिङमा करदाता शिक्षा कार्यक्रम

0
57
oppo_2
Google search engine

वालिङ, ४ भदौ ।
स्याङ्जाको वालिङमा करदाता शिक्षा कार्यक्रम गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय पोखराको सहजीकरणमा बिहीबार वालिङमा करदाता शिक्षा कार्यक्रम गरिएको हो । करका नीति, कार्यक्रम, छुट तथा वर्तमान व्यवस्थाहरूको सन्दर्भमा जानकारी दिने उद्धेश्य आयोजना गरिएको करदाता शिक्षा कार्यक्रममा बोल्नुहुँदै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले कारोबार लुकाउनतर्फ लाग्दा समस्या उत्पन्न हुन सक्ने भएकाले यथार्थ कारोबार गर्नुहुन सुझाव दिनुभयो । उहाँले असल करदातालाई सम्मान र गलत गर्नेलाई कारवाही गर्दै आएको बताउँदै आँफूलाई असल करदाताकोरूपमा स्थापित गर्न अनुरोध गर्नुभयो ।

Google search engine
oppo_2

आन्तरिक राजस्व कार्यालय पोखराबाट स्याङ्जामा १६ हजार करदाताले सेवा लिएको बताउनुभयो । राजस्व कार्यालयले प्रदान गर्ने सेवाहरू अब पालिकास्तरबाट सुरू गर्ने गरी तयारी भईरहेको उहाँले बताउनुभयो ।

oppo_2

कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीले करदाताहरूलाई करमा भएका व्यवस्थाहरूकाबारेमा सुसूचित गराउन र करमा देखिएका अज्ञानता हटाउन सहयोग पु¥याउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
अध्यक्ष ढुंगानाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शंकर डुम्रेले स्वागत र सञ्चालन महासचिव बिमल अर्यालले गर्नुभएको थियो । कार्यक्रममा वालिङका उद्योगी व्यापारी तथा सर्वसाधारणहरूको सहभागिता रहेको थियो ।

oppo_2
Google search engine