बहिरा अंपागता भएका व्यक्तिहरुको लागि कृषि तालिम

0
92
Google search engine

वालिङ, १८ चैत ।
बहिरा अंपागता भएका व्यक्तिहरुलाई तरकारी खेती तथा अन्य अन्नबालीको उत्पादन गर्न सहज होस् भन्ने उद्धेश्यलले स्याङ्जामा ३ दिने तालिम गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आर्थिक सहयोग तथा स्याङ्जा बहिरा संघको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले बहिरा अंपागता भएका व्यक्तिहरुलाई हाम्रोे कृषिप्रधान जस्तो देशमा यस किसिमको कार्यक्रमले तरकारी र अन्य कृषि उत्पादनमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउदै हरेक क्षेत्रमा अंपागता भएका व्यक्तिहरु सक्षम रहेको पुष्टि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले आफूले अपांगता भएका व्यक्तिहरुको हक र अधिकारका सम्बन्धमा प्रदेश सभामा निरन्तर उठाएको र आगामी दिनमा अपांगता भएका व्यक्तिमैत्री कानून, नीति, कार्यक्रम र बजेट निर्माण बनाएर सोको कार्यान्वयनमा पहल गर्ने बताउनुभयो ।
कृषि विकास कार्यालय प्रमुख प्रकाश वस्तीले अंपागता भएका व्यक्तिहरुको कृषि प्रतिको उत्साहपूर्वक रुचिले कृषिको व्यवसायिकरण, आधुनिकीकरणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

Google search engine


एकीकृत सेवा कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले अंपागता भएका व्यक्तिहरुको सशक्तिकरण गरी लक्षित नागरिकको जीवनयापनमा सहजता ल्याउने उद्धेश्यका साथ कार्यक्रम गरेको बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कृषि विकास कार्यालय स्याङ्जाबाट प्राविधिक सहयोगमा तरकारी खेतीसम्बन्धी तरीकाहरु , प्राङ्गारीक मल उत्पादन र प्रयोगको साथै विभिन्न खेतीको बारेमा कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत अजय अधिकारी, कृषि अधिकृत संदिप रसाइली, बाली संरक्षण अधिकृत अम्बादत्त विष्टले प्रशिक्षण दिनु भएको थियो भने दोभाषेको काम लक्ष्मी श्रेष्ठ र सुशिला रेग्मीले गर्नु भएको थियो ।
स्याङ्जा बहिरा संघका अध्यक्ष सन्जिव श्रेष्ठको अध्यतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चालन स्याङ्जा बहिरा संघ स्याङ्जाका सल्लाहकार कुलप्रसाद भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा सुनाई सम्बन्धी अपाङ्गता भएका ३० जना व्यक्तिहरुको सहभागिता थियो ।

Google search engine