दशौं आरन्त स्मृति कपको उपाधि भूपू सैनिक वालिङलाई

0
257
oppo_2
Google search engine

वालिङ ८, फागुन ।
स्याङ्जाको वालिङ खेलमैदानमा जारी दशौं आरन्त स्मृति कपको उपाधि भूपू सैनिक बोर्डिङ स्कूल वालिङले जितेको छ । १२ वर्ष उमेर समूह मुनीका विद्यार्थीहरुको सहभागितामा नाईन ए साईड फुटबल प्रतियोगिता वालिङ युनाईटेड फुटबल क्लबको आयोजना तथा संरक्षक कुमार थापाको सहयोगमा सञ्चालन गरिएको हो । आज भएको फाईनल खेलमा शब्द चिन्तन बोर्डिङ स्कूल पैयूँ पर्वतलाई १–० गोल अन्तरले पराजित गर्दै भूपू सैनिक बोर्डिङ स्कूल वालिङले उपाधि जितेको हो ।

Google search engine
oppo_2

निर्धारित ४० मिनेटको खेलमा भूपू सैनिक वालिङका जर्सी नं ९ का अभिषेक परियारले उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफको १२ औं मिनेटमा भएको उक्त गोल नै निर्णायक बन्न पुग्यो ।
प्रतियोगितामा बिजेता भएको भूपू सैनिक वालिङले नगद रु. ५१ हजारसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय भएको शब्द चिन्तन बोर्डिङ स्कूल पर्वतले नगद रु. २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । फागुन ५ गतेबाट शुरु भएको प्रतियोगितामा स्याङ्जा र पर्वतका गरी कूल १० विद्यालयहरुको सहभागिता रहेको थियो ।

oppo_2

फाईनल प्रतियोगितामा उत्कृष्ट खेलाडीकोरुपमा भूपू सैनिकका अभिषेक परियार हुनुभएको थियो । प्रतियोगिता अवधिभर उत्कृष्ट गोल रक्षकमा भूपू सैनिककै शिशिर परियार, उत्कृष्ट डिफेन्डरमा शब्द चिन्तनका डिकबहादुर राना, उत्कृष्ट मिड फिल्डरमा भूपू सैनिकका अनिश राना, उत्कृष्ट स्ट्राईकरमा शब्द चिन्तनका अमेश पलाटी, धेरै गोलकर्तामा भूपू सैनिकका अभिषेक परियार, उत्कृष्ट कोचमा भूपू सैनिकका प्रदीप क्षेत्री, प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीमा भूपू सैनिकका अनमोल विक र अनुशासित टिममा अर्मादी बोर्डिङ स्कूल रामबाच्छा पुरस्कृत भएका हुन् ।

oppo_2

प्रतियोगिताको समापन समारोहमा वालिङ तथा समग्रमा स्याङ्जाली खेलकुद तथा शैक्षिक क्षेत्रको विकासमा लामो समयदेखि सहयोग तथा निरन्तररुपमा दिनुभएको योगदानको कदर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व केन्द्रीय सदस्य तथा वालिङ युनाईटेड फुटबल क्लब वालिङका संस्थापक अध्यक्ष एलबी ज्वारचनलाई सम्मानसमेत गरिएको थियो ।

oppo_2

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्नुहुँदै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले स–साना खेलाडीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटनमा यस प्रकारका प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै निरन्तरताको खाँचो रहेको बताउनुभयो । उहाँले खेलकुदको माध्यमबाट प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आरन्तको स्मृतिमा सञ्चालन गरेको प्रतियोगिता दशौं संस्करणसम्म आईपुग्दा यसले यस क्षेत्रको फुटबल खेलप्रति सकारात्मक प्रभाव पारेको बताउनुभयो ।

oppo_2

कार्यक्रममा सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा युकेका सदस्य तथा तमुधी युकेका महासचिव डा. विशाल गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Google search engine