गरिमाको बिरुवा शाखाद्वारा नवज्योति माविमा शैक्षिक पोशाक वितरण

0
234
Google search engine

वालिङ, १० फागुन ।
गरिमा विकास बैंक लिमिटेड बिरुवा शाखाले स्याङ्जाको बिरुवा गाउँपालिका १ स्थित नवज्योति माध्यमिक विद्यालयमा शैक्षिक पोशाक वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नवज्योति माविमा आईतबार शैक्षिक पोशाक वितरण गरेको हो । विद्यालयमा बाल सिकाई कक्षादेखि ६ कक्षासम्म अध्ययनरत ३९ जना विद्यार्थीलाई शैक्षिक पोशाकस्वरुप ट्रयाकसुट वितरण गरेको हो ।

Google search engine

कार्यक्रममा बिरुवा गाउँपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले गरिमा विकास बैंकले यस विद्यालयलाई प्राथमिकतामा पार्दै सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम राखेर सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका क्षेत्रीय प्रमुख प्रेमकिशोर अर्यालले बैंकले वर्सेनि नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिरहेको बताउनुभयो ।
गरिमा विकास बैंकले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोगका कार्यक्रमहरु गर्दै आएको बताउँदै विद्यार्थीलाई शैक्षिक पोशाकस्वरुप न्यानो कपडा उपलब्ध गराएको उल्लेख गर्नुभयो ।

गरिमा विकास बैंक बिरुवा शाखाका प्रमुख प्रकाश कडेलले बैंकले यस क्षेत्रको आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने उल्लेख गर्नुभयो ।

Google search engine