चुनावी अभियानमा काँग्रेसको घरदैलो, बुधबार वालिङ ५ र ७ का मतदातासंग भेट

0
157
Google search engine


वालिङ, ७ फागुन ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. २ ले आफ्नो चुनावी प्रचारप्रसार कार्यक्रमलाई तिव्र पारेको छ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी क्षेत्र नं २ अन्र्तगतका विभिन्न गाउँ तथा टोलहरुमा पुगेर मतदातसंग भेट गर्ने कार्यलाई तिव्र पारेको हो । यसैअन्र्तगत बुधबार क्षेत्र नं. २ का उम्मेदवार भागवतप्रकाश मल्ल सहितको टोलीले वालिङको ५ र ७ नं वडाका गाउँ तथा टोलमा मतदाता भेट कार्यक्रम गरेको हो ।
कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीसहित नेपाली कांग्रेस वालिङ नगरसभापति नेत्र प्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो । भेटघाटका क्रममा मल्लले यहाँका भौतिक तथा पुर्वाधार विकाससंगै युवाहरुलाई स्वदेशमै स्थापित गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । साथै उहाँले नेपाली कांग्रेस बद्लिएर आएको भन्दै मतदाताहरुलाई नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।

Google search engine
Google search engine