नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की

0
131
Google search engine

वालिङ २९, माघ ।
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेमाथि शारीरिक आक्रमण गर्ने धम्कीप्रति नेपाल प्रेस युनियन स्याङ्जाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार लेखेकै आधारमा स्याङ्जाको वािलङ ८ बीपी चोक बस्ने सूर्यप्रसाद काफ्लेले सञ्चालन गर्दै आएको फेसबुक पेज ९ध्बष्लिन ल्भउब०ि बाट निरन्तर अश्लील गालीबेइज्जती गर्नुका साथै शारीरिक आक्रमण गर्ने धम्कीसहितका स्टाटस, अडियो तथा भिडियो सामग्री सार्वजनिक गरिएको हो ।
नेपाल प्रेस युनियन स्याङ्जाका सचिव शंकर सुवेदीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील कलमजीवी पत्रकार तथा सिंगो संगठनका अध्यक्षमाथि यस किसिमका धम्कीपूर्ण गतिविधि हुनु अत्यन्तै चिन्ताजनक विषय भएको उल्लेख गरिएको छ ।

Google search engine

“समाचारमा चित्त नबुझे कानुनी प्रक्रियाअनुसार आफ्नो असहमति राख्ने विकल्प छँदै थियो” सचिव सुवेदीले भन्नुभयो, “पत्रकारमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, अपमानजनक भाषा प्रयोग गर्ने तथा शारीरिक आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो ।” गैरजिम्मेवार, असभ्य र गैरकानुनी गतिविधिले पत्रकारको पेशागत सुरक्षामाथि खतरा उत्पन्न गर्ने र त्यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि समेत आँच पु‍¥याउने ठहर युनियनको रहेको उहाँले बताउनुभयो ।
पत्रकारमाथि धम्की दिने दोषीमाथि कानुनबमोजिम छानबिन गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग नेपाल प्रेस युनियन स्याङ्जा जोडदार मागसमेत गरेको छ ।

Google search engine