वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठलाई पितृशोक

0
87
oppo_2
Google search engine

वालिङ, १९ माघ ।

Google search engine


वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका पिता कृष्णलाल श्रेष्ठको ८७ वर्षको उमेरमा वालिङ ८ केदारनाथस्थित घरमै निधन भएको हो । वि.सं १९९५ साल माघ १९ गते जन्मिनुभएका स्वर्गीय श्रेष्ठको माघ १८ गते आईतबार निधन भएको हो । श्रेष्ठ बिरामी हुनुहुन्थ्यो । स्वर्गीय श्रेष्ठका चार छोरा र तीन छोरी रहनुभएको छ । श्रेष्ठको निधनमा सोमबार नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार भरतराज ढकाल, क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार भागवतप्रकाश मल्लसहित कांग्रेस नेताहरुले पार्टीको चारतारे झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । स्वर्गीय श्रेष्ठको सोमबार रामनदीधाम (राम्दी) मा अत्येष्टि गरिएको छ । रामनदीधाम (राम्दी) मा वालिङ उद्योग वाणिज्य संघसहित शवयात्रामा नदी किनारमा पुग्नुभएका व्यक्तिहरुले स्वर्गीय श्रेष्ठको दिवंगत आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मौन धारण गर्नुभएको थियो ।

Google search engine