वालिङ महोत्सवमा पुस्कल शर्मा र विशाल सोनिको प्रस्तुतिमा झुम्मिए दर्शक

0
176
Google search engine

वालिङ, १६ माघ । स्याङ्जाको वालिङमा जारी ‘नवौँ वालिङ महोत्सव २०८२’ अन्तर्गत आज तेस्रो दिनको सांगीतिक कार्यक्रममा कलाकारहरूको प्रस्तुतिले दर्शकहरूलाई झुम्मिएका छन् । महोत्सवको मुख्य आकर्षकका रूपमा रहेका चर्चित लोक दोहोरी गायक पुस्कल शर्माले आफ्ना मार्मिक र लोकप्रिय गीतहरू गाएर दर्शकलाई निकै मनोरञ्जन प्रदान गर्नुभएको थियो । यस्तै गायक विशाल सोनिले पनि आफ्ना चर्चित सांगीतिक प्रस्तुतिहरूमार्फत स्टेज तताउनुभएको थियो ।

Google search engine

कार्यक्रममा गायक राम तिवारी र गायिका बत्ती थापाको दोहोरीले महोत्सव स्थलमा छुट्टै रौनक थपेको थियो। कार्यक्रम सञ्चालकहरू घनश्याम रिजाल, मुना अर्याल र जगत गौडेलले लगायतले दर्शकलाई मनोरञ्जन दिएका थिए ।

वालिङ उद्योग वाणिज्य संघको आयोजना सञ्चालित यस महोत्सवमा आज कलाकारहरूको विशेष उपस्थितिले हजारौँ दर्शकहरूको सहभागिता रहेको थियो। स्थानीय कला, संस्कृति र व्यापार प्रवर्द्धन गर्ने लक्ष्य राखिएको यस महोत्सव माघ २५ गतेसम्म चल्नेछ । महोत्सव माघ १४ गतेदेखी शुरु भएको हो ।

Google search engine