वालिङ, २ माघ । ॐकार इभेन्ट्स हब वालिङद्वारा आयोजित प्रथम ॐकार कप सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल खेल आज हुनेछ । हिजो सेमिफाइनल चरणका दुवै खेलहरू सम्पन्न भएसंगै अज फाइनल चरणको खेल हुने भएको हो ।
हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा तिलोत्तमा भेट्रान्स र मेजर एफसी पोखरा बीच कडा प्रतिस्पर्धा देखिएको थियो। निर्धारित समयमा सम्पन्न रोमाञ्चक खेलमा मेजर एफसी पोखराले तिलोत्तमा भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा NAFC पोखरा र वालिङ रेड (आयोजक) बीच प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट खेल प्रदर्शन गरेको NAFC पोखराले आयोजक टोली वालिङ रेडलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

योसँगै प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ः०० बजे NAFC पोखरा र मेजर एफसी पोखरा बीच हुनेछ । फाइनल खेलसँगै प्रतियोगिताको औपचारिक समापन कार्यक्रमसमेत सम्पन्न हुने आयोजकले जानकारी जनाएको छ ।
हिजो भएको सेमिफाइनल खेलका अवसरमा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले यसप्रकारका खेलले खेलाडिहरुमा आपसी भाइचाराको सम्बन्ध स्थापित हुने भन्दै यस प्रकारका खेलहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य दीपक लम्साल, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रसन्न राज चौधारी, चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य निर्मला लम्साल, संस्थाका सल्लाहकार एल.बी. ज्वारचन, वालिङ वडा नं. १० का वडा अध्यक्ष सुनिल खनालको उपस्थिति रहेको थियो । रहनुभएको थियो । ॐकार इभेन्ट्स हब वालिङका अध्यक्ष विजय मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक नवराज पौडेलले गर्नुभएको थियो ।






