वालिङ, १ साउन ।
वालिङ नगरपालिकाको आयोजनामा बुधबार वालिङ ७ केवरेमा सार्वजनिक सुनुवाई गरिएको छ । वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा प्रदान गरेका सेवा सुविधा र प्रभावकारिताका विषयमा केवरेस्थित बालसिद्ध माविको सभाहलमा सार्वजनिक सुनुवाई गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा तथा प्रभावकारिता लगायतका विषयमा विभिन्न वडाबाट संकलन गरिएको प्रश्न तथा सार्वजनिक सुनुवाई कार्यक्रम उपस्थित भएका सर्वसाधारणले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै नगर प्रमुख कृष्ण खाँणले नगरपालिकाका गतिविधिलाई समेटेर प्राप्त भएका सुझावहरुलाई आत्मसात गर्दै कार्यान्वयनमा लैजाने बताउनुभयो । नगर प्रमुख खाँणले वालिङका नागरिकहरुको सकारात्मक साथ र सहयोगबाटमात्रै नगरको मुहार फेर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस वालिङका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमाले वालिङ नगर अध्यक्ष शोभाकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह«े लगायतले नगरपालिकाको विकास निर्माणमा साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । सार्वजनिक सुनुवाईमा नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह«े, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाले गरेका असल अभ्यास तथा नमूना कार्यहरुसाथै वित्तीय तथा भौतिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । गह«ौंकालिका मिडिया हाउसको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम उपप्रमुख गैह«ेको स्वागत, नगर प्रमुख खाँणको सभापतित्व र सञ्चालन वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटीले गर्नुभएको थियो ।





