पुर्णामृत भवानी माविमा गुरु पूर्णिमा विशेष कथा प्रवचन तथा भजन

0
367
Google search engine

वालिङ, २६ असार ।
असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व स्याङ्जामा मनाईएको छ । गुरुपूर्णिमाको अवसरमा स्याङ्जाको वालिङ, १० पूmलबारीमा रहेको पुर्णामृत भवानी माविमा गुरुपूर्णिमा विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा गुरुपुजन, कथा प्रवचन, भजन गरिएको पुर्णामृत भवानी माविका प्रध्यानाध्यापक दिपक लम्सालले बताउनुभयो । विद्यालयमा ५० जना शिक्षक तथा ८ सय जना विद्यार्थीहरुकोबीचमा उक्त कार्यक्रम गरिएको उहाँको भनाई छ ।

Google search engine

कार्यक्रममा प्रमुख वक्ता पण्डित प्रकाश तिवारीले कथा प्रवचन दिनुभएको थियो भने नारायण गौतमले भजन प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा राधा माधव सत्संग केन्द्र वालिङ, ८ धाराचौरको टिमले विद्यालयका विद्यार्थीहरुलाई पिउने पानीका लागि केहि रकम उपलब्ध गराएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस्तै गुरु पूर्णिमाको अवसरमा वालिङ ८ स्थित धाराको चौर मन्दिरमा रहेको योग साधना केन्द्रमा पनि गुरु पूर्णिमा विशेष कार्यक्रम गरिएको योग साधना केन्द्रका प्रमुख रामचन्द्र काफ्लेले बताउनुभयो ।

Google search engine