भीरकोटमा उत्कृष्ट ९ कृषक १० हजार नगद सहित सम्मानित

0
402
Google search engine

आरती कुँवर
वालिङ, १८ असार ।
स्याङ्जाको भीरकोट नगरपालिकाले उत्कृष्ट ९ जना कृषकलाई सम्मान गरेको छ । भीरकोट नगरपालिकाले कृषि विकास कार्यक्रम अन्र्तगत आज उत्कृष्ट ९ जना कृषकलाई नगद १०÷१० हजार तथा प्रमाण पत्रले सम्मान गरेको हो । नगरपालिकाले उत्कृष्ट कृषक तथा कृषक समुह सम्मान कार्यक्रमको लागि आवेदन आव्हान गरिएको र निवदेन दिएका १८ आवेदक मध्येबाट असार २ गतेको स्थलगत अनुगमन तथा मुल्यांकन पश्चात असार १६ गतेको मुल्यांकन तथा छनोट समितिको बैठकको निर्णय अनुसार ९ उत्कृष्ट कृषक छनोट गरि सम्मान गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।
सम्मानित हुनेमा भीरकोट ९ का बाख्रा पालक कृषक भेमराज रेग्मी, वडा नं ६ का भैँसी पालक कृषक शिव खत्री क्षेत्री, नवीनतम कार्य गरेको भन्दै भीरकोट ८ का कृषक डिल बहादुर गुरुङ, भीरकोट ६ की गाई पालक कृषक कमला गोदार, फलफुल खेति गर्ने भीरकोट ७ का श्याम प्रसाद अर्याल, फलफुल खेति गर्ने वडा नं ७ कै शालिग्राम अर्याल, भीरकोट ७ की खाद्यान्न तथा नगदे बालि गर्ने कृषक ननिता अर्याल (राना) सम्मानीत हुनुभएको हो । यस्तै भीरकोट २ का फलफुल नर्सरी गर्ने कृषक कृष्ण बहादुर अधिकारी र तरकारी खेति गर्ने भीरकोट ३ का कृषक लोक बहादुर खत्री नगद १० हजार सहित सम्मान पत्रले सम्मानित हुनुभएको हो ।

Google search engine


कार्यक्रममा बोल्नुहुँदै भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले कृषि कर्म गरिरहनुभएका कृषकलाई प्रोत्साहन गर्न तथा अन्य कृषकलाई कृषिमा जोड्नका लागि कृषकलाई सम्मान गरिएको बताउनुभयो । कृषको हितका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको भन्दै उहाँले यस्तै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनुभयो । साथै उहाँले भीरकोट नगरपालिकाको कृषि क्षेत्रको विकासको लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा भीरकोट नगर प्रवक्ता एवम् वडा नं १ का वडा अध्यक्ष, आर्थिक विकास समितिका अध्यक्ष दिपेन्द्र केसीले विभिन्न विधाहरुबाट मुल्याङ्कन गरी उत्कृष्ट कृषकलाई सम्मान गरेको बताउनुभयो । साथै उत्पादन बढाउन र कृषकलाई प्रोत्साहन गर्न यस प्रकारको कार्यक्रमलाई जोड दिएको उहाँको भनाई थियो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत उदय बहादुर पराजुलीले भीरकोटको विकास र समृद्धिको आधार नै कृषि रहेकाले कृषि सम्बन्धी कार्यक्रमलाई विशेष महत्व दिएको र यसलाई निरन्तरता दिने बताउनुभयो ।कार्यक्रममा सम्मानित कृषकले नगरपालिकाले गरेको यस सम्मानले कृषि कर्म गर्न थप प्रोत्साहन गरको बताएका छन् । कार्यक्रम भीरकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदय बहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कृषि शाखा प्रमुख श्रवण कुमार विष्टले गर्नुभएको थियो ।

Google search engine