वालिङमा तमु भाषा तथा खेमा लिपि प्रशिक्षण सम्पन्न

0
219
Google search engine

वालिङ, २० असार ।
स्याङ्जाको वालिङमा तमु भाषा तथा खेमा लिपि प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । तमु ह्युल छोज धीं स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा गरिएको ३ दिने दिने तमु भाषा तथा खेमा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुँदै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय उपाध्यक्ष मनोज गुरुङले लिपिबिना भाषाको अस्तित्व नरहने बताउनुभयो । साथै उहाँले वैज्ञानिक ढंगले तयार पारिएको गुरुङ जातिको भेषभुषा विदेशबाट आयातित लुगाहरु संगै हराईरहेकाले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
आफ्नो भाषा, संस्कार, संस्कृतिको जर्गेना गर्न स्वयं समुदाय नै अग्रसर हुनुपर्ने भन्दै यो प्रशिक्षणले भाषा संरक्षणका लागि थप टेवा पुग्ने बताउनुभएको छ । साथै भाषा तथा संस्कृति पुस्तान्तरणका लागि तथा संरक्षणका लागि संग्राहलयको स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिसदका केन्द्रिय महासचिव विष्णु गुरुङ, गण्डकी प्रदेश प्रमुख जित बहादुर गुरुङ, गण्डकी प्रदेश उपाध्यक्ष तथा रेडियो गोर्खालीका स्टेशन म्यानेजर खिमा गुरुङ, सहभागिको तर्फबाट लोक बहादुर गुरुङ, लक्ष्मी गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Google search engine


कार्यक्रममा तमु भाषा तथा खेमालिपि अभियान्ता भिम गुरुङले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम वालिङ नगर प्रवक्ता तथा वडा अध्यक्ष एवम् तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय गण्डकी प्रदेश निवर्तमान अध्यक्ष पदमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङले स्वागत र कार्यक्रमको सञ्चालन सचिव ईश्वर गुरुङले गर्नुभएको थियो । वालिङ स्थित होटल जंङ्गलको हलमा भएको प्रशिक्षण कार्यक्रममा ५६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।

Google search engine