आरती कुँवर
वालिङ, ११ जेठ ।
घ्वाङ्खोला सामुदायिक उपभोक्ता वन समुहको तदर्थ समिति गठन गरिएको छ । शनिबार एक भेलाले सामुदायिक वन उपभोक्ता महासङ्घ वालिङको पहलमा कमल प्रसाद सुवेदीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । उक्त भेलाले समितीको उपाध्यक्षमा भवानीराज अर्याल, सचिवमा गंगा अर्याल पंगेनी, कोषाध्यक्षमा प्रेमकला सुवेदीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा भिमा कुमाल, पुर्ण बहादुर बि.क, दिपक श्रेष्ठ, जिवलाल काफ्ले, माया पाण्डे, तिल कुमारी कुमाल र अकिल शाहि रहनुभएको छ ।
यस्तै भेलाले कार्ययोजना र विद्यान संसोधन उपसमिति समेत गठन गरेको छ । जसको संयोजकमा विद्या श्रेष्ठ रहनुभएको छ भने सदस्यमा धन प्रसाद सुवेदी र मधुसुधन सुवेदी चयन हुनुभएको छ । त्यस्तै सल्लाहकारमा वालिङ ९ का वडा अध्यक्ष शेर बहाद्ुर श्रेष्ठ अमृत, १० का वडा अध्यक्ष सुनिल खनाल, र ८ का वडा अध्यक्ष दामोदर तिवारी तथा घ्वाङ्खोला सामुदायिक उपभोक्ता वन समुहका पुर्व अध्यक्ष धन प्रसाद सुवेदी र सामुदायिक वन उपभोक्ता महासङ्घ वालिङका अध्यक्ष कमल गैह्रे रहनुभएको छ ।
कार्यक्रममा वालिङ साना सहरी खानेपानी संस्थाका अध्यक्ष विद्या श्रेष्ठ, ८ का वडा सदस्य कविता रनपाल, सामुदायिक वन उपभोक्ता महासङ्घका सहसचिव यज्ञ पाठक, समाजसेवी तथा पुर्व वडा अध्यक्ष कमल प्रसाद सुवेदी लगायतले बोल्नुभएको थियो ।
वालिङको केन्द्र बिन्दुमा रहेको घ्वाङ्खोला सामुदायिक वनको विगत १५वर्ष देखि कार्ययोजना नवीकरण र कार्यसमिति पुर्नगठन हुन सकेको थिएन । पटक पटकको भेला असफल भएको तथा वन संरक्षण र व्यवस्थापनसंग सम्बन्धित गतिविधि नभएकाका कारण र उपभोक्ताहरुको मागलाई मध्यनजर गरेर वालिङ नगरपालिका वडा नं ९का वडा अध्यक्ष शेर बहादुर श्रेष्ठ(अमृत )को अध्यक्षतामा बसेको भेलाले ११सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको हो ।

कार्यक्रममा वनको विगतदेखी वर्तमान सम्मका गतिविधीका बारेमा पुर्व अध्यक्ष सुवेदीले जानकारी दिनुभएको थियो । सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला उपाध्यक्ष दिपेन्द्र गैह्रेले स्वागत र सञ्चालन सामुदायिक वन उपभोक्ता महासङ्घ वालिङका अध्यक्ष कमल र्गैह्रेले गर्नुभएको थियो ।
वि.सं २०५२ सालमा स्थापना भएको घ्वाङ्खोला सामुदायिक उपभोक्ता वन समुहले १५ वर्ष सम्मको समायावधिमा कुनैपनि कार्य नगरेका कारण विद्यान अनुसार निस्क्रिय भएपश्चात तदर्थ समिति गठन गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष र्गैह्रेले बताउनुभयो । यो तदर्थ समितिले ३ महिनासम्म कार्य गर्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तदर्थ समितिले विद्यान संशोधन कार्ययोजना नविकरण, सदस्यता नविरण, थप नयाँ सदस्यता वितरण गर्ने छ साथै आयव्यय तथा जिन्सी सहितको विवरण ३ महिना भित्र पेश गर्ने छ ।





