वालिङ, ११ जेठ ।
स्याङ्जाको वालिङमा सञ्चालन भएको नवौं आह्रन्त स्मृति कप २०८२ सम्पन्न भएको छ । वालिङ युनाईटेड फुटबल क्लबको आयोजनामा वालिङ, ८ खेलमैदानमा भएको कपको उपाधि भूपू सैनिक बोर्डिङ स्कुल चापाकोटले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा बालविद्या विकास मावि वालिङलाई २–१ गोल अन्तरले पछाडि पार्दै उपाधि चुमेको हो ।
विजेता बनेको भूपू सैनिक बोर्डिङ स्कुलको टिमले ५१००० नगदसहित रनिङ शिल्ड, ट्रफी तथा द्वितीय भएको बालविद्याले नगद २५००० सहित शिल्ड हात पारेको हो । विजयी टिमहरूलाई गण्डकी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य गिरमान गुरूङले पुरस्कार वितरण गर्नुभएको थियोे । प्रतियोगितामा स्याङ्जा र पर्वतका गरि १२ विद्यालयको सहभागिता रहेको थियो । बुधबारदेखि नवौँ आह्रन्त स्मृति कप अण्डर १२ नाईन ए साईड फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।






